असोज १३, २०८३ मंगलबार September 29, 2026

टेलिकम र कर्मचारीबीच २९ बुँदे सहमति, ३९ दिनपछि रोकियो आन्दोलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) व्यवस्थापन पक्ष र कर्मचारी ट्रेड युनियनहरूबीच अन्ततः सहमति भएको छ । शुक्रबार अबेर दुई पक्षबीच सहमति जुटेपछि ३९ दिनयता कर्मचारीले गर्दै आएको धर्ना र संघर्षका कार्यक्रम स्थगित भएको छ ।

नेपाल दूसरसञ्चार राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकम वकर्स युनियन, नेपाल टेलिकम कर्मचारी युनियनले संयुक्त रुपमा टेलिकम व्यवस्थापनविरुद्ध आन्दोलन सुरू गरेका थिए । विभिन्न पक्षमा भएको छलफल र कर्मचारी विनियमावलीमा आवश्यक संशाेधन गर्न सिफारिस गर्ने सहमतिका साथ आन्दोलन रोकिएको हाे ।

यसअघि गएको साउन ५ मा प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीसहितका सिनियर तहका कर्मचारीलाई रातभर कम्पनीको केन्द्रीय कार्यालयमा थुनेर आन्दोलन सुरु गरिएको थियो । कर्मचारी ट्रेड युनियनले यसअघि भएको कर्मचारी विनियमावलीमा संशोधनको विषयलाई लिएर आन्दोलन गर्दै आएका थिए । जसमा ट्रेड युनियनमा सहभागी हुने तह परिवर्तन गरिएको, प्रबन्धक भइसकेको कर्मचारी दुई तह घटेर कम्पनीमै काम गर्नसक्ने जस्ता प्रावधानमा उनीहरूले आपत्ति जनाउँदै आएका थिए ।

जसका कारण पछिल्लो ३९ दिनदेखि कर्मचारी युनियनले बिहान १० बजे कार्यालयअघि धर्ना सुरु गर्ने र बेलुका ५ बजे ताली पिट्दै छुट्टिने मात्रै काम भइरहेको थियो ।

यो बीचमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक टोली समेत गठन गरेर छलफलका लागि सहजीकरण गर्दै आएको थियो । यसबीच नवनियुक्त सञ्चार सचिव डा. वैकुण्ठ अर्यालको पहलमा टेलिकम व्यवस्थापन र ट्रेड युनियनबीच २९ बुँदे सहमति भएको हो ।

सहमतिमा उल्लेख भएका धेरैजसो विषय यसअघि नै टेलिकमको बोर्डमा प्रस्तुत भएका विषय छन् । जसमा पहिलो भने ११ तहमा पाँच वर्ष र १० तहमा ८ वर्ष सेवा अवधि पुगेपछि स्वतः अवकाश हुने व्यवस्था काय गर्नेगरी कर्मचारी विनियमावली २०७८ संशोधन गर्न उल्लेख गरिएको छ ।

त्यस्तै कम्पनीको कुनै कर्मचारी कम्पनीको प्रबन्ध निर्देशक पदमा नियुक्त भए नियुक्त भएको मितिदेखि कम्पनीको सेवाबाट स्वतः अवकाश हुने व्यवस्थासमेत कायम गर्नेगरी संशोधनका लागि लोक सेवा आयोगमा लेखी पठाउने सहमति भएको छ । यसका साथै कम्पनीमा बहालवाला स्थायी कर्मचारीहरूलाई खुल्ला प्रतियोगितात्मक परीक्षामा सम्मिलित हुन उमेरको हद नलाग्ने व्यवस्था लगायतका विषयमा सहमति भएको छ । -टेकपाना

यस्ता छन् सहमतिका २९ बुँदा:

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
११ सय मेगावाटभन्दा बढी विद्युत् आयातको तयारी
२०८३ असोज १३, मंगलबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ असोज १३, मंगलबार
आज मंगलबार, कस्तो रहला तपाँइको दिन ? हेर्नुहोस् राशिफल
२०८३ असोज १३, मंगलबार
वन्यजन्तु अपराध नियन्त्रणका लागि पत्रकार र संरक्षणकर्मीबीच छलफल
२०८३ असोज १३, मंगलबार
कर्णाली प्रदेशसभा सदस्य शर्मा पदमुक्त
२०८३ असोज १३, मंगलबार
दक्षिण अफ्रिकाको लगातार दोस्रो जित, अस्ट्रेलियाविरुद्ध एक खेल अगावै सिरिज कब्जा
२०८३ असोज १३, मंगलबार
जापानमा जारी एसियाली खेलकुदमा १३ वर्षीया चिनियाँ पौडी खेलाडीको वर्चश्व
२०८३ असोज १३, मंगलबार