जेठ ४, २०८१ शुक्रबार May 17, 2024

नेपालमा ‘कोकिन’को खपत बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा लागूऔषध ‘कोकिन’को खपत बढ्न थालेको छ । बोलिभिया, पेरुजस्ता मुलुकमा उत्पादन हुने कोकिनको प्रयोग पछिल्लो समय नेपालमा बढ्न थालेको हो ।

विदेशी तस्करहरूको गिरोहले ब्राजिलको साउपालो एयरपोर्ट हुँदै भारत र यूएईमार्फत नेपाल ल्याउने गरिएको लागूऔषध कोकिन अत्यन्तै महँगोमध्येको लागू पदार्थमा पर्छ ।

यो पदार्थ विगतमा भने नेपाल हुँदै भारत निर्यात हुने गरेको नेपाल प्रहरीको आँकडाले देखाउँछ । तर, पछिल्लो केही समययता भने यो पदार्थको बरामद घटेको तर नेपाली बजारमा नै खपत बढेको प्रहरी अधिकारी बताउँछन् ।

नेपाल प्रहरीको एक तथ्यांकले आर्थिक वर्ष २०७७÷७८ मा कोकिनको बरामद ९१ दशमलव ६ प्रतिशतले घटेको देखाएको थियो । तर आइतबार भने प्रहरीले एकै दिन विदेशी नागरिकहरूको समूहबाट करिब ९ करोड रुपैयाँ मूल्य पर्ने तीन किलो कोकिन बरामद गरेको थियो ।

यसअघि गत साउनमा पनि प्रहरीले एक किलो १२ ग्राम लागूऔषध कोकिनसहित गत १८ साउनमा नौ जनालाई पक्राउ गरेको थियो । ती सबै नेपाली नागरिक थिए ।

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोका अनुसार पछिल्लो समय नेपालका ठूला केही होटेल तथा ती होटेलमा हुने पार्टीहरूमा कोकिनको प्रयोग हुन थालेको पाइएको छ । यस्तै, केही रेस्टुरेन्टमा समेत कोकिनको प्रयोग हुने गरेको सूचना प्रहरीले पाएको छ भने केही उच्चस्तरका परिवारका भनिएका व्यक्तिहरूले समेत यसको प्रयोग गर्न थालेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

‘पहिले नेपालमा कोकिनको खपत थिएन, पछिल्ला दिनमा नेपाली बजारमा नै कोकिनको खपत भइरहेको सूचना छ । भयावह अवस्था त होइन तर प्रयोग बढेको देखिएको छ,’ ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) जीवन श्रेष्ठले भने ।

विदेशीले नै ल्याउँछन्

यो पदार्थको ओसारपसारमा मुख्य रूपमा प्रहरीले विदेशी नागरिकको संलग्नता रहने गरेको बताउँदै आउने गरेको छ । तर, पछिल्लो समय नेपाली नागरिकसमेत यसको प्रयोग र ओसारपसारमा संलग्न हुने गरेको पाइएको छ । नेपालीहरू भने पैसाको लोभमा यसको ओसारपसारमा लाग्ने गरेका छन् ।

विदेशीहरूले भने यो पदार्थ नेपालमा नभएर भारत निर्यात गर्नकै लागि ल्याउने गरेका छन् । उनीहरूले नेपाललाई ट्रान्जिट प्वाइन्ट मात्रै बनाउने गरेका छन् । नेपाल हुँदै यो पदार्थ भारतीय बजारमा जाने गरेको विगत देखिन्छ ।

आइतबार पक्राउ पर्ने तीनै जना विदेशी

प्रहरीले ९ करोड मूल्यबराबरको २ किलो ९ सय ६६ ग्राम कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको थियो । प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले तान्जानियाका नागरिक गेर्तुदे लियोनार्ड किमारोसहित तीन जनालाई पक्राउ गरेको हो ।

प्रहरीले किमारोलाई भारततर्फ भाग्दै गर्दा सिन्धुलीको खुर्कोटबाट र दक्षिण अफ्रिकन नागरिक सिर्ले गामा तथा भारतीय नागरिक विजय सिंहलाई काठमाडौंको कमलादीस्थित एक होटलबाट पक्राउ गरिएको पत्रकारसम्मेलनमार्फत जानकारी दिएको छ ।

ब्युरोका अनुसार कतार एयरलाइन्सबाट आएका दक्षिण अफ्रिकी नागरिक गामाले ३ भदौमा सो कोकिन ल्याएको खुलेको छ । उनले भारतीय नागरिक सिंहलाई कोकिन पु¥याउन लागेको विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले भनेको छ ।

साउनमा नौ जना पक्राउ

यसअघि प्रहरीले एक किलो १२ ग्राम लागूऔषध कोकिनसहित गत १८ साउनमा नौ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३ रानीबारीका ४३ वर्षीया अञ्जु थापामगर, ३९ वर्षीया मुना तामाङ गुरुङ, २८ वर्षीय रक्की आले मगर, २३ वर्षीया रायल थापामगर, गोरखा बारपाक सुलिकोट गाउँपालिका–५ लाकुरीबोट घर भएका ४५ वर्षीय सुरोज गुरुङ, भारत दक्षिण गोवाका ३९ वर्षीय सन्दीप पटेल, धादिङ नीलकण्ठ नगरपालिका–११ का २७ वर्षीय मिराज ढकाल, काठमाडौं महानगरपालिका–१३ का ४९ वर्षीय सुदन शाक्य र धादिङ नीलकण्ठ नगरपालिका–११ का २७ वर्षीय मछिन्द्र धमला रहेका थिए । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको सहयोग जरुरीः प्रधानन्यायाधीश श्रेष्ठ
२०८१ जेठ ४, शुक्रबार
डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ: मन्त्री शर्मा
२०८१ जेठ ४, शुक्रबार
नेपालको विकासमा रसियाको ठूलो सहयोग छ : परराष्ट्रमन्त्री श्रेष्ठ
२०८१ जेठ ४, शुक्रबार
विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम गर्नुपर्छ : राष्ट्रपति पौडेल
२०८१ जेठ ४, शुक्रबार
एक जना पनि विद्यार्थी नभएको जैमिनीको विद्यालयमा चार शिक्षक
२०८१ जेठ ४, शुक्रबार
एलियन बने कार्तिक आर्यन
२०८१ जेठ ४, शुक्रबार
गृहमन्त्रीलाई बोल्नदिनुपर्छ, संसदीय छानबिन समिति गठन हुनुपर्छ : ज्ञानेन्द्र शाही
२०८१ जेठ ४, शुक्रबार