असोज १३, २०८३ मंगलबार September 29, 2026

टेलिकमको मोबाइल सेवामा विदेशबाट मिस्ड कल आउने र कल गर्दा नबोल्ने, पैसा काटिने समस्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्ड कल आउने र कल गर्दा नबोल्ने, पैसा काटिने जस्ता समस्या देखिएको छ ।

विगत केही समयदेखि नेपाल टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्ड कल आउने र सो नम्बरमा कल गर्दा कल सफल भएपनि कोही नबोल्ने, मेसिनले स्वचालित जवाफ दिने र कल गर्ने ग्राहकको व्यालेन्सबाट पैसा काटिने अवस्था यदाकदा देखिएको छ ।

साथै केही दिन यता कम्पनीको मोबाइल सेवाका ग्राहकहरुको मोबाइलबाट अटो डायल हुने, अटो डायल भएका ग्राहकको मोबाइलमा कल लग नदेखिने र बाह्य कल सफल भएको अवस्थामा पैसा काटिने जस्ता अवस्था पनि पाइएको छ ।

‘यस्ता घटना सम्भवतः ग्राहकको मोबाइलमा रहेको कुनै एप वा वेबसाइटको माध्यमबाट हुनसक्ने भएकाले कम्पनीका ग्राहकवर्गले आफ्नो मोबाइल सेटमा अनावश्यक र शंकास्पद एपहरु इन्स्टल नगर्न वा हटाउनु हुन अनुरोध गरिन्छ,’ टेलिकमले भनेको छ ।

सामान्यतया कम्पनीका उपकरणबाट यस्ता अनधिकृत कलहरु नहुने भएतापनि कम्पनीका ग्राहकको सुविधाका लागि सम्भवतः कुनै एप तथा वेबसाइटमार्फत हुनसक्ने यस्ता अनधिकृत कार्यका सम्बन्धमा कम्पनीका तर्फबाट आवश्यक विश्लेषणको कार्य भइरहेको कम्पनीले जनाएको छ ।

साथै, अनधिकृत र अनावश्यक कल हुनसक्ने अवस्थाबाट बच्नका लागि ग्राहक पनि सतर्क रहन तथा कम्पनीले उपलब्ध गराउने लकिङ कोड (ीयअपष्लन ऋयमभ) प्रयोग गरी आवश्यक परेको समयमा आइएसडी सेवा खोली कल गर्ने र आवश्यक नहुने समयमा सो सेवा पुनः बन्द गर्न सकिने विकल्प उपयोग गर्नुहुन अनुरोध गरिन्छ । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
११ सय मेगावाटभन्दा बढी विद्युत् आयातको तयारी
२०८३ असोज १३, मंगलबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ असोज १३, मंगलबार
आज मंगलबार, कस्तो रहला तपाँइको दिन ? हेर्नुहोस् राशिफल
२०८३ असोज १३, मंगलबार
वन्यजन्तु अपराध नियन्त्रणका लागि पत्रकार र संरक्षणकर्मीबीच छलफल
२०८३ असोज १३, मंगलबार
कर्णाली प्रदेशसभा सदस्य शर्मा पदमुक्त
२०८३ असोज १३, मंगलबार
दक्षिण अफ्रिकाको लगातार दोस्रो जित, अस्ट्रेलियाविरुद्ध एक खेल अगावै सिरिज कब्जा
२०८३ असोज १३, मंगलबार
जापानमा जारी एसियाली खेलकुदमा १३ वर्षीया चिनियाँ पौडी खेलाडीको वर्चश्व
२०८३ असोज १३, मंगलबार