काठमाडौं: मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । बैठक अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
बैठकमा नियमित मन्त्रालयगत एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सरकार गठन भएको दुई महिना हुन लाग्दासमेत मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन ।
प्रधानमन्त्री बनेको दुई महिना पुग्नै लाग्दासम्म पनि मन्त्रिमण्डल विस्तार गर्न नसकेको भन्दै शेरबहादुर देउवाको चौतर्फी आलोचना भइरहको छ। सत्ता गठबन्धनकै नेताहरुले समेत मन्त्रिमण्डल विस्तार नहुँदा सरकारले फुल फेजमा काम गर्न नसकेको टिप्पणी गर्न थालेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया