श्रावण ३१, २०८३ आइतबार August 16, 2026

प्रतिनिधिसभा बैठकमा जे देखियो…

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधिसभाको बैठक शुक्रबार तीन पटक बस्यो । शुक्रबार अपरान्ह बसेका तीनवटै बैठकमा एमाले सांसदहरूको नाराबाजी चलिरह्यो । एमाले फुटाउन सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै सांसदहरूले सुरूदेखि नै नाराबाजी गरिरहे । सभामुखले बैठक सञ्चालनका लागि सहयोग गर्न बारम्बार अनुरोध गरिरहे । तर, एमाले सांसदहरूले टेरेनन् । एमाले सांसदको नाराबाजीका कारण सभामुख सापकोटाले पहिलो बैठक १५ मिनेटका लागि स्थगित गरे ।

नाराबाजीकैबीच सभामुख सापकोटाले दोस्रो बैठकलाई कार्यसूचीमा प्रवेश गराए । बैठक सुरू भएलगत्तै सभामुख सापकोटा र नेपकिपाका सांसद प्रेम सुवालबीच केहीबेर सवालजवाफ पनि चल्यो ।

प्रतिपक्षी दल एमालेको नाराबाजीका बेला आफूले प्रस्ताव प्रस्तुत गर्न नसक्ने सांसद सुवालले बताए । तर, सभामुख सापकोटाले आफूले रूलिङ गरेकाले यथास्थानबाट प्रस्ताव प्रस्तुत गर्न सांसद सुवाललाई आग्रह गरे । सुवाल मानेनन् । त्यसपछि केहीबेर सभामुख सापकोटा र सांसद सुवालबीच केहीबेर सवालजवाफ भयो ।

सभामुख सापकोटाले सुवाललाई आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन अध्यादेशलाई अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गर्न समय दिएका थिए । ती अध्यादेशलाई बैठकले स्वीकृत ग¥यो । लगत्तै सभामुख सापकोटाले १५ मिनेटका लागि दोस्रो पटक बैठक स्थगित गरे ।

शुक्रबार दुई दुई पटक १५ मिनेटका लागि बैठक स्थगित गरियो । तेस्रो पटक बसेको बैठकमा भने एमाले सांसद र मर्यादापालकबीच रमाइलो घम्साघम्सी नै प¥यो । एमाले सांसद रेखा झाले माइक तानेर सभामुखलाई हिर्काउन खोजिन् । तर, उनलाई अन्य सांसद र मर्यादापालकले रोकेर दुर्घटनाबाट जोगाए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस  एमसिसि बिरुद्ध चन्द्रनिगाहपुरमा आइटी आर्मीको प्रर्दशन

नाराबाजीकाबीच सभामुख सापकोटाले दायाँबायाँसमेत नहेरी अर्थ सम्बन्धी अध्यादेशहरू प्रतिस्थापन गर्न बनेको विधेयक बैठकमा पेस गर्न अर्थमन्त्री जनार्दन शर्मालाई समय दिए । नाराबाजी गरिरहेका एमाले सांसदहरू रोस्ट्रममा उक्लिन खोज्दा मर्यादापालक र सांसदहरूबीच लामो समय घम्साघम्सी चल्यो ।

घम्साघम्सीकैबीच विधेयकहरू पेस गर्दा अर्थमन्त्री शर्मा निकै आत्तिएका देखिन्थे । रोस्ट्रम अगाडि उत्तेजित भएर नाराबाजी गरिरहेका एमाले सांसदरूतिर नियाल्दै शर्माले लर्बराउँदै हतार हतार विधेयक प्रस्तुत गरे ।

शर्माले विधेयक पेस गरेपछि सभामुख सापकोटाले ‘मैले शोक प्रस्ताव प्रस्तुत गर्दैछु’ भन्दै शान्त रहन नाराबाजी गरिरहेका सांसदहरूलाई आग्रह गरे । त्यसपछि नाराबाजी गरेका सांसद चुपचाप उभिरहे । उनीहरू उभिरहँदा सभामुख सापकोटाले जुठबहादुर खड्गी (जे.बी. टुहुरे) र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव प्रस्तुत गरे । शोक प्रस्ताव पारित गरेपछि सबै सांसदहरूले मौन धारण गरे । मौन धारण सकिएलगत्तै फेरि सुरू भयो एमाले सांसदहरूको नाराबाजीे । केहीबेर नाराबाजीपछि सभामुख भने, ‘प्रतिनिधिसभाको अर्काे बैठक भदौ २७ गते आइतबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित हुन्छ ।’ राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देशमा राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष लिङ्देन
२०८३ श्रावण ३०, शनिबार
पाटन बारको अध्यक्षमा निरौला विजयी
२०८३ श्रावण ३०, शनिबार
कम्युनिष्ट एकताबिना मुलुकको समृद्धि र रक्षा सम्भव छैनः नेता गुरुङ
२०८३ श्रावण ३०, शनिबार
दाइजोका कारण कसैलाई अन्याय भए मलाई सम्पर्क गर्नुः उपसभामुख ठाकुर
२०८३ श्रावण ३०, शनिबार
विपद्पछिको पुनर्स्थापनालाई प्राथमिकताका साथ अघि बढाउन पूर्व राष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण ३०, शनिबार
पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण
२०८३ श्रावण ३०, शनिबार
आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली
२०८३ श्रावण ३०, शनिबार