भाद्र १, २०८३ सोमबार August 17, 2026

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रतिनिधिसभाको बैठक आज (आइतबार) दिउँसो बस्दैछ । संघीय संसद सचिवालयका अनुसार दिउँसो १ बजेका लागि संसद बैठक बोलाइएको हो।

प्रमुख प्रतिपक्षी दल एमालेको विरोधका बाबजुध सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछि पहिलोपटक आज संसद बैठक बस्न लागेको हो। एमालेले आज पनि बैठक चल्न नदिने तयारी गरेको छ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले आफ्ना मागहरुप्रति वेवास्ता गरेकाले आजको बैठक पनि चल्न नदिने बताए।

गएको शुक्रबार एमालेको विरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत गरेका थिए।

पछिल्लो समय एमालेले लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ। एमाले फुटाउन सभामुख अग्नी सापकोटाले भूमिका खेलेको आरोप एमालेको छ। एकीकृत समाजवादीतिर लागेका आफ्ना १४ सांसदलाई गरिएको कारबाही सभामुखले सदर नगरेको आरोप एमालेले लगाएको छ।

कांग्रेस, माओवादी लगायतका सत्तारुढ दलले भने एमालेको माग असंवैधानिक भएको तर्क गरेका छन्। सभामुख सापकोटाले पनि अदालतमा विचाराधिन तत्कालिन एमाले सांसदमाथिको कारबाहीको विषयमा संसदमा वहस हुन नसक्ने प्रस्टीकरण दिएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
२०८३ भाद्र १, सोमबार
श्रावण शुक्ल पञ्चमी : नागको पूजा-आराधना गरी नागपञ्चमी पर्व मनाइँदै
२०८३ भाद्र १, सोमबार
आज सोमबार, शिव भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८३ भाद्र १, सोमबार
नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा
२०८३ श्रावण ३१, आइतबार
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार