भाद्र १, २०८३ सोमबार August 17, 2026

संसद बैठक भदौ २९ गतेसम्मका लागि स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमामण्डौंः प्रतिनिधिसभाको बैठक भदौ २९ गतेसम्मका लागि स्थगित भएको छ। आइतबारको बैठकमा पनि नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले भदौ २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले बिरोध जनाएको थिए । सभामुख अग्नीप्रसाद सापकोटाले आफ्नो पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले लगातार तेस्रो दिन पनि संसद अवरोध कायमै राखेको छ। आइतबारको बैठकमा पनि एमालेले चर्को बिरोध जनाएको छ।

सभामुख सापकोटाले आफू नेपालको संविधान, ऐन, कानून र प्रतिनिधि सभा नियमावली अनुसार नै चलेको भन्दै पटक पटक बैठक सञ्चालन गर्ने वातावरण बनाउन प्रतिपक्षी सांसदहरुलाई आग्रह गरेका थिए।

प्रतिपक्ष सांसदहरुले वेल घेर्दै संसदीय मर्यादा कायम गर, पक्षपातपूर्ण व्यवहार मूर्दावाद, पदीय मर्यादा कामय गर, संवैधानिक सर्वोच्चता कायम गर, गैरसांसदलाई प्रवेश निषेध गर, पार्टी फुटाउने षड्यन्त्र–मुर्दावाद, यथास्थितिमा संसद चल्न सक्दैन लगायतका नाराबाजी गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
२०८३ भाद्र १, सोमबार
श्रावण शुक्ल पञ्चमी : नागको पूजा-आराधना गरी नागपञ्चमी पर्व मनाइँदै
२०८३ भाद्र १, सोमबार
आज सोमबार, शिव भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८३ भाद्र १, सोमबार
नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा
२०८३ श्रावण ३१, आइतबार
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार