काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलासमा बस्ने कि नबस्ने भन्ने विषयको विवाद मिलाउनका लागि बार–बेन्च समन्वय समितिको बैठक बोलाएका छन् । सोमबार दिउँसो २ बजे बस्नेगरी समन्वय समितिको बैठक बोलाएका छन् ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र अध्यादेशपछि भएको नियुक्तिविरुद्ध परेको रिट सुनुवाइको विषयलाई लिएर लामो समयदेखि संवैधानिक इजलासमा सुनुवाइ रोकिएको छ ।
संवैधानिक इजलास गठन नहुने भन्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धका मुद्दाको सुनुवाइ रोक्ने अन्तरिम आदेश जारी गरेपछि संवैधानिक इजलास गठनको विवाद बढेको थियो । सो विवाद समाधानका लागि भन्दै प्रधानन्यायाधीश राणाले निकास निकाल्न समन्वय समितिको बैठक बोलाएका हुन् । सो समितिमा सर्वोच्च अदाल बार एसोसियसनका अध्यक्ष, नेपाल बार एसोसिएसनका अध्यक्ष, पूर्वअध्यक्षसहित पाँच जनाले सहभागिता हुनेछ । सर्वोच्च अदालतबाट पनि पाँच जनाको सहभागिता हुने भएको छ ।
बारका तर्फबाट नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षहरू तथा वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, शम्भु थापा, वर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले नेतृत्व गर्ने छन् । त्यस्तै, सर्वोच्चबाट वरिष्ठता क्रममा रहेका ४ न्यायाधीश र मुख्य रजिस्ट्रार लालबहादुर कुँवर सहभागी हुनेछन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया