मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

फोटो पत्रकार समूह चितवनको अध्यक्षमा राजेन्द्र आचार्य चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः पत्रकार राजेन्द्र आचार्यको नेतृत्वमा राष्ट्रिय फोटो पत्रकार समूह चितवन गठन भएको छ ।

चितवनमा रहेर फोटो पत्रकारितामा समेत सक्रिय रहेका पत्रकारहरूको भेलाले आचार्यको अध्यक्षतामा ११ सदस्यीय नेपाल फोटो पत्रकार समूह चितवनको निर्विरोध नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा महेश पाण्डे, सचिवमा रामु आचार्य र कोषाध्यक्षमा सन्तोष वस्ताकोटी रहेका छन् ।

सदस्यहरूमा विवेक पोख्रेल, रविना पौडेल, सुरक्षा न्यौपाने, विपिन शर्मा आचार्य, प्रेम प्रसाद सापकोटा, मदन अछामी, निराजन घिमिरे रहेका छन् ।

अध्यक्ष आचार्यले चितवनमा फोटो पत्रकारिताको विट विकास गर्न नयाँ पहल थाल्ने बताएका छन् । उनले आफूहरूले पहिलो बैठक पश्चात ठोस नीतिसहित फोटो पत्रकारिता तालिम समेत जिल्लामा सञ्चालन गर्ने बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रसुवाको ओझेलमा परेको डिल्पु कुण्ड, पर्यटन प्रवर्द्धनको प्रतीक्षामा
२०८३ मंग्सिर १, मंगलबार
विपद्का बेला काम नलागेको बेनीको वैकल्पिक खानेपानी संरचना
२०८३ मंग्सिर १, मंगलबार
कान्ति ताल बेवारिसे, भत्कँदै संरचना
२०८३ मंग्सिर १, मंगलबार
बाढीपछिको पुनर्निर्माण र जलवायु अनुकूलनमा सहयोग बढाउन एडिबीसँग आग्रह
२०८३ मंग्सिर १, मंगलबार
मुक्तिनाथ रथयात्रा सम्पन्न, त्रिवेणीधाममा आजदेखि एकमहिने महायज्ञ सुरु
२०८३ मंग्सिर १, मंगलबार
एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
२०८३ मंग्सिर १, मंगलबार
कांग्रेसको ‘हामी तयार छौँ’ अभियान आजदेखि, तीन लाख नेता–कार्यकर्ता परिचालन गरिने
२०८३ मंग्सिर १, मंगलबार