बैसाख १७, २०८३ बिहिबार April 30, 2026

समाजवादी पार्टीद्वारा सरकार छाड्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ। मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेको हो।

ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारीको बैठकले सो निर्णय गरेको हो। सो पार्टीले सरकार छाडेको घोषणा भने बुधबार गर्ने पार्टीको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले बताएका छन।

‘सरकारमा बस्नुको औचित्य समाप्त भएको निष्कर्ष पदाधिकारी बैठकले निकालेको छ,’ उनले भने, ‘यसको औपाचारिक घोषणा भने बुधबार हुनेछ।’

संविधान संशोधनसम्बन्धी अध्ययन समिति प्रस्ताव मन्त्रिपरिषदमा लैजाँदा प्रधानमन्त्री केपी ओलीले रोकेपछि संघीय समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले संविधान संशोधन अध्ययन समिति बनाउने प्रस्ताव राखेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया