असोज ११, २०८३ आइतबार September 27, 2026

न्यायपरिषद् सदस्यमा सिफारिस निरालाविरुद्ध उजुरी दिन माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । सरकारले न्यायपरिषद् सदस्यमा वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायधिवक्ता लक्ष्मीबहादुर निराला खड्कालाई सिफारिस गरेपछि संसदीय सुनुवाई समितिले सार्वजनिक उजुरी माग गरेको छ।

संसदीय सुनुवाइ समितिको मंगलबारको बैठकले १० दिनभित्र निरालाविरुद्ध समितिमा उजुरी दिन माग गरेको हो।

समितिका सभापति लक्ष्मणलाल कर्णले बुधबारदेखि १० दिनभित्र उजुरी दिन सकिने बताएका छन। समितिमा प्राप्त भएका उजुरी माथि छलफल गरी सुनुवाई समितिले अनुमोदन गरेपछि मात्र न्याय परिषद् सदस्यमा नियुक्तीका लागि योग्य हुने उनले बताएका छन।

न्यायपरिषद सदस्यबाट पदम वैदिकले राजीनामा दिएपछि एक सदस्य रिक्त थियो। सोही ठाउँमा सोमबारको मन्त्रिपरिषद् बैठकले निरालालाई सिफारिस गरेको हो। निराला तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा महान्यायाधिवक्ता थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया