श्रावण २६, २०८३ मंगलबार August 11, 2026

नोबेल पुरस्कार विजेतालाई सम्बन्धित मुलुकबाट नै पुरस्कार प्रदान गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बर्षको नोबेल पुरस्कार अन्तर्गत विज्ञान र साहित्यतर्फका विजेताहरूलाई उनीहरूको आफ्नै देशबाट पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको नोबेल पुरस्कार फाउण्डेसनद्वारा गठित समितिले बिहीबार कोभिड–१९ महामारीलाई उद्धृत गर्दै यस्तो व्यवस्था गरिएको बताएको छ ।

परम्परागत रूपमा नर्वेबाट प्रदान गरिँदै आएको नोबेल शान्ति पुरस्कारसम्बन्धी निर्णयबारे भने अहिलेसम्म कुनै निर्णय नगरिएको फाउण्डेसनले जानकारी गराएको छ ।

नोबेल समितिले यस वर्षको नोबेल शान्ति पुरस्कार विजेतालाई ओस्लोमा स्वागत गर्ने सम्भावना अझै खुला राखेको छ । समितिले ओस्लो समारोहको ढाँचा अक्टोबर महिनाको मध्यसम्ममा घोषणा गर्ने बताइएको छ ।

नोबेल फाउण्डेशनका कार्यकारी निर्देशक विदार हेल्गेसिनद्वारा जारी वक्तव्यमा भनिएको छ, “मेरो विचारमा सबैजना कोभिड–१९ को महामारी समाप्त होस् भन्ने चाहन्छ, तर हामी अहिलेसम्म त्यहाँ छैनौं ।”

उहाँले पुरस्कार वितरण व्यवस्था सम्बन्धमा थप्नुभयो, “महामारी र अन्तर्राष्ट्रिय यात्रा सम्भावनाको ढाँचाबारे अझै अनिश्चितता रहेकोले सन् २०२१ का पुरस्कार विजेताहरूले आफ्नो गृह देशमा नै आफ्नो पदक र प्रमाणपत्र पाउने ब्यवस्था गर्न नहुने खासै कारण देखिएन ।”

विजेताहरूको घोषणा अक्टोबर महिनाको शुरुमा गरिन्छ तर सामान्यतया डिसेम्बर १० मा दुई स्कान्डेनेभियाली राजधानीमा भव्य समारोहहरूबीच पुरस्कार वितरण गर्ने प्रचलन छ । यो दिन पुरस्कारका संस्थापक अल्फ्रेड नोबेलको मृत्युको वार्षिकोत्सव हो । उहाँको मृत्यु सन् १८९६ डिसेम्बर १० मा भएको थियो ।

यस फाउन्डेसनले महामारीमाथि लगाइएको यात्रा प्रतिबन्धका कारण पुरस्कार प्राप्त गर्नेहरूको आ–आफ्नो गृह देशमा विज्ञान र साहित्य पुरस्कार दिने निर्णय गत बर्ष पनि गरेको थियो ।

विज्ञान विधा अन्तर्गत चिकित्सा, रसायनशास्त्र र भौतिकशास्त्रमा पुरस्कार दिने गरिएको छ । सन् २०२० मा जस्तै सन् २०२१ मा पनि पुरस्कार समारोहलाई ‘डिजिटल र भौतिक स्वरूपमा हुने फाउन्डेसनले जानकारी गराएको छ ।

पहिलो पुरस्कार वितरण गरिएको सन् १९०१ देखि यस वर्षसम्म आइपुग्दा फाउण्डेसनले १२० औं वार्षिकोत्सव मनाउने तयारीमा जुटेको छ । नोबेल पुरस्कारको घोषणा सामान्यतया अक्टोबर ४ देखि ११ सम्म गरिन्छ । आगामी अक्टोबर महिनाको ४ तारिख (सोमबार) मा चिकित्सातर्फको पुरस्कार घोषणा गरिनेछ भने अक्टोबर ५ (मङ्गलबार) भौतिकशास्त्र तथा अक्टोबर ६ (बुधबार) रसायनशास्त्रतर्फको पुरस्कार घोषणा हुनेछ ।

बहुप्रतीक्षित साहित्य र शान्ति पुरस्कार क्रमशः अक्टोबर ७ र ८ (बिहीबार र शुक्रबार) घोषणा गरिनेछ । त्यसपछि अक्टोबर ११ (सोमबार) स्वीडेनको केन्द्रीय बैंकले स्थापना गरेको अर्थशास्त्रतर्फको पुरस्कार घोषणा हुनेछ । रासस – एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ
२०८३ श्रावण २६, मंगलबार
विद्यालयमै प्रधानाध्यापकले छात्रामाथि बलात्कार गरेको आरोप
२०८३ श्रावण २६, मंगलबार
गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन
२०८३ श्रावण २६, मंगलबार
एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय
२०८३ श्रावण २६, मंगलबार
एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
२०८३ श्रावण २६, मंगलबार
सभामुख अर्यालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट
२०८३ श्रावण २६, मंगलबार
इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प
२०८३ श्रावण २६, मंगलबार