असार २५, २०८२ बुधबार July 9, 2025

राष्ट्रिय भलिबल : हेल्प नेपाल र पुलिसको जीत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः छैटौं संस्करणको महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ हेल्प नेपालले गल्कोट स्पोर्टस क्लबलाई पराजित गर्दै क्वाटरफाइलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको खेलमा हेल्प नेपालले गल्कोट स्पोर्टस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै क्वाटरफाइलनमा प्रवेश गरेको हो । यस जीतसँगै हेल्प नेपाल समूह ‘ए’ को विजेता समेत बन्यो ।

हेल्प नेपालले गल्कोटमाथि २५–१८, २२–२५, २५–२२ र २५–१९ को सेटमा पराजित गर्‍यो । यस जीतसँगै हेल्प नेपालले तीन खेलमा ९ अंक बटुल्यो । हेल्प नेपालले यसअघि प्रदेश–२ र वाग्मती प्रदेशलाई पराजित गरेको थियो । त्यस्तै पराजित गल्कोट समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ । गल्कोटले ३ खेलमा ६ अंक जोड्यो । यस समूहबाट वाग्मती प्रदेश र प्रदेश–२ भने प्रतियोगिताबाट बाहिरिएको छ ।

त्यस्तै, बुधबार नै भएको पुरुषतर्फको अर्को खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई ३-० को सेटमा पराजित गर्दै समूह ‘बी’ को विजेता बनेको छ । पुलिसले गण्डकी प्रदेशलाई पहिलो सेट २५-१४, दोस्रो सेट २५-१४ र तेस्रो तथा अन्तिम २५-१८ को सेटमा पराजीत गर्दै क्वाटरफाइलमा प्रवेश गर्न सफल भयो । जीतसँगै पुलिसले ३ खेलमा ९ अंक जोड्यो ।

त्यस्तै, ५ अंक जोडेको गण्डकी प्रदेश उपविजेता बन्दै क्वाटरफाइनलमा पुग्यो । नेपाल भलिबल संघले आयोजना गरेको उक्त प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ । महिला तथा पुरुष विजेता टोलीले समान चार लाख पाउनेछन् भने उपविजेताले दुई लाख तथा तेस्रो हुने टोलीले एक लाख रूपैयाँ प्राप्त गर्नेछन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार