कार्तिक १६, २०८३ सोमबार November 2, 2026

किन मान्छेले अरुको चाकडी गर्छ ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः हाम्रो समाजमा सबैभन्दा बढी सलबलाउने भनेकै चाकडीबाज हुन् । किनभने हाम्रा ठूलाबडाहरुले नै चाकडी-संस्कारलाई गोडमेल गरिरहेका छन् ।

जागिर चाहियो, चाकडी गर्नुपर्छ । कुनै उद्यम-व्यवसायका लागि अनुमति लिनुपर्‍यो, चाकडी गर्नुपर्छ । वित्तिय संस्थाबाट ऋण लिनुपर्‍यो, चाकडी गर्नुपर्छ । कुनै ठेक्कापट्टा लिनुपर्‍यो, चाकडी गर्नुपर्छ । हुँदा-हुँदा छोराछोरीलाई राम्रो विद्यालयमा भर्ना गरिदिन, राम्रो अस्पतालमा उपचार गराउन पनि चाकडी गर्ने प्रवृत्ति व्यापक छ ।

चाकडी संस्कार कतिसम्म मौलाएको छ भने, कुनैपनि कामको लागि विधी वा प्रक्रिया पुर्‍याएर पनि चाकडी गरिएन भने आफ्नो काम फत्ते हुँदैन । चाकडी गर्नैपर्छ ।

जबकी यो संस्कार आफैमा दुषित र हानिकारक हो । चाकडी-प्रवृत्तिले समाजमा राम्रा, दक्ष, सिपालु, इमान्दार मान्छेहरु पछाडि पर्छन् । धूर्त, चतुर चाकडीबाजले हुर्कने अनुकुलता पाउँछन् ।

चाकडी संस्कृतिले नेपाली राजनीतिलाई बढी गाँजेको छ । नेता-मन्त्रीको चाकडी नगरी केहीपनि हुन्न भन्ने मानसिकता व्याप्त छ । सही काम गर्न र गराउन पनि नेता-मन्त्रीको चाकडी गर्नैपर्ने वाध्यत्मक अवस्था छ ।

त्यस्तै कुनैपनि सरकारी कामकाज गराउनका लागि पनि चाकडी गर्नुपर्ने संस्कार छ । चाकडी गरेकै भरमा आफ्नो काम फत्ते हुन्छ भन्ने मानसिकताले यस्तो प्रवृत्ति मौलाउदै गएको पनि छ ।

चाकडीबाजको कला

चाकडी गर्नेहरुको सबैभन्दा ठूलो कला भनेको उनीहरु कसैको अगाडि हदैसम्म निहुरिएर स्तुती गान गाइरहन सक्छन् । तबसम्म उनीहरु स्तुती गान गाइरहन्छन्, जबसम्म उनको अघिल्तिर उभिएका व्यक्ति पग्लदैनन् । आफ्नो काम वा स्वार्थ पुरा गराउनका लागि उनीहरु आफुलाई जतिसुकै सानो बनाउन पनि पछि पर्दैनन् ।

उनीहरु ठूला/बडाको अगाडि हातपाउ मोल्छन् । साष्टङ्ग दण्डवत् गर्छन् । भक्तिभाव प्रकट गर्छन् । बढाई-चढाई कुरा गर्छन् ।

चाकडीबाजको कमजोरी

चाकडी गर्नेहरुको सबैभन्दा ठूलो कमजोरी भनेको चाहि उनीहरुमा चाकडी गर्ने बाहेक अरु विशेष क्षमता हुँदैन । विशेष कला हुँदैन । विशेष दक्षता हुँदैन । यदि उनीहरुसँग अरु कला, क्षमता, सीप हुँदो हो त चाकडीबाज गर्नतर्फ लाग्दैनथे । आफुमा केही क्षमता नभएकाले नै उनीहरु चाकडीबाज गर्न थाल्छन् ।

चाकडीबाजको खतरा

चाकडीबाजले निम्त्याउने खतरा भनेका असल, इमान्दार र सोझा व्यक्तिहरु पछाडि पर्छन् । चाकडी गर्ने धूर्त र फटाहहरुले हरेक अवसर एवं मौका हत्याउँछन् । उनीहरुकै रजगज चल्छ । यसले गर्दा इमान्दारहरु निरुत्साहित हुनपुग्छन् । धूर्तहरु फस्टाउँदै जान्छन् । आखिरमा यसले समाजमा नराम्ररी जरा गाढ्छ ।

चाकडीबाजको भय

चाकडी गर्नेहरु कामचोर हुन्छन् । उनीहरु चाकडीकै भरमा अरुलाई रिझाउने, भुलाउने मनोवृत्तिका हुन्छन् । यस्ता चाकडीबाजले आफ्नो काम फत्ते भइसकेपछि धोका दिन सक्छन् । उनीहरु आफैप्रति विश्वस्त हुँदैनन् । अरुलाई विश्वास गर्दैनन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र बेलायती राजदूत फेनबीच भेटवार्ता
२०८३ कार्तिक १६, सोमबार
सुनकोशी-मरिण आयोजनाको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन प्रधानमन्त्री कार्यालयको निर्देशन
२०८३ कार्तिक १६, सोमबार
त्रिवि पुनरावेदन आयोगको अध्यक्षमा डा. बुर्लाकोटी नियुक्त
२०८३ कार्तिक १६, सोमबार
राष्ट्रियसभा अध्यक्ष र स्वीस नेसनल काउन्सिलका अध्यक्षबीच शिष्टाचार भेटवार्ता
२०८३ कार्तिक १६, सोमबार
सभामुख र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्षबीच भेटवार्ता
२०८३ कार्तिक १६, सोमबार
Minister Dr Timilsina holds extensive discussion on Integrated Postal Office issues
२०८३ कार्तिक १६, सोमबार
राष्ट्रपति पौडेलसँग स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजको भेट
२०८३ कार्तिक १६, सोमबार