मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

सुकुम्बासीे समस्याको स्थायी समाधान खोज्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्याको स्थायी समाधानका लागि  न्यायोचित पहल गर्न सरकारसँग आग्रह गरेको छ ।

लुम्बिनी प्रदेशको रुपन्देहीस्थित मोतिपुर औद्योगिक क्षेत्रमा प्रहरी र सुकुम्बासी समूहबीचको झडपमा सशस्त्र प्रहरी बलले गोली चलाउँदा आइतबार चार जनाको मृत्यु भएकोप्रति ध्यानाकर्षण जनाउँदै इन्सेकले उक्त आग्रह गरेको हो ।

इन्सेकका अध्यक्ष डा इन्दिरा श्रेष्ठले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासमा राज्यका जिम्मेवार निकायको लापरबाही देखिने गरेको  हँुदा त्यस्ता समस्याको स्थायी समाधानको न्यायोचित पहल गर्नुपर्ने उल्लेख छ ।

सुकुम्बासी बस्तीका प्रदर्शनकारीलाई प्रदर्शनका क्रममा संयमता अपनाउन र विरोध कार्यक्रम शान्तिपूर्वक सञ्चालन गर्न आग्रह गर्दै इन्सेकले मोतिपुर घटनाको सत्यतथ्य पत्ता लगाई दोषी उपर कारबाही गर्न र उच्चस्तरीय संयन्त्र गठन गर्न आग्रह गरिएको छ ।

 साथै, इन्सेकले पीडित नागरिकको अधिकार र न्यायको सुनिश्चितता गर्न सरकारसँग  माग गरेको छ । लुम्बिनी प्रदेशको रुपन्देहीस्थित मोतिपुर औद्योगिक क्षेत्रमा प्रहरी र सुकुम्बासी समूहबीचको झडपमा सशस्त्र प्रहरी बलले गोली चलाउँदा चार जनाको मृत्यु भएको थियो ।

 मृत्यु हुनेमध्ये एक जनाको सनाखत हुन नसकेको र उपचारकै क्रममा मृत्यु भएका एकजना कपिलवस्तु जिल्ला बाणगङ्गा नपा–१० का ४८ वर्षीय रमेश परियार रहेको प्रहरीले जनाएको छ । त्यसैगरी शुद्धोधन गाउँपालिका–५ का ३८ वर्षीय वीरेन्द्रप्रसाद कुर्मी र नवलपरासी पूर्व स्थायी घर भई हाल तिलोत्तमा नपा शङ्करनगर बस्ने १८ वर्षीय युजन कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो घटनामा प्रहरीले गोली चलाउँदा ५० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये ४१ जनाको उपचार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भइरहेको छ ।घाइते भएका १७ प्रहरी र २४ प्रदर्शनकारीमध्ये चार प्रहरीको स्वास्थ्य अवस्था गम्भीर भएका कारण थप उपचारका लागि काठमाडौँ ल्याइएको जनाइएको छ । घटनाको विस्तृत अध्ययन गर्न इन्सेकले बनाएको अध्ययन टोलीले आफ्नो अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुक्तिनाथ रथयात्रा सम्पन्न, त्रिवेणीधाममा आजदेखि एकमहिने महायज्ञ सुरु
२०८३ मंग्सिर १, मंगलबार
एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
२०८३ मंग्सिर १, मंगलबार
कांग्रेसको ‘हामी तयार छौँ’ अभियान आजदेखि, तीन लाख नेता–कार्यकर्ता परिचालन गरिने
२०८३ मंग्सिर १, मंगलबार
सर्वोच्चको अध्ययन प्रतिवेदन: क्षेत्राधिकार पुनरवलोकनको सुझाव
२०८३ मंग्सिर १, मंगलबार
मासु बिक्री गर्न छाप अनिवार्य
२०८३ मंग्सिर १, मंगलबार
नवदुर्गा देवगणको वार्षिक जात्रा तालिका सार्वजनिक
२०८३ मंग्सिर १, मंगलबार
त्रिवेणी रङ्गशालाको मुख्यमन्त्री पाण्डेद्वारा स्थलगत अवलोकन
२०८३ मंग्सिर १, मंगलबार