काठमाण्डौंः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि फ्रान्सेली राजदूत गिलिस बोरबावबीच आज साँझ भेटवार्ता भएको छ ।
कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा भएको भेटका अवसरमा अध्यक्ष नेपालले नवनियुक्त राजदूतलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिएका छन् भने फ्रान्सेली राजदूतले नेपाल आउन पाउँदा खुसी लागेको बताउँदै आफ्नो कार्यकालमा नेपाल र फ्रान्स बिचको सम्बन्धलाई थप बलियो र सुमधुर बनाउन प्रयत्न गर्ने कुरा बताए ।
उक्त भेटमा दसैँको शुभकामना आदानप्रदान गरिएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया