मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

परराष्ट्रमन्त्रीसहितको प्रतिनिधिमण्डल पाँच दिने युरोप भ्रमण सकेर स्वदेश फिर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः परराष्ट्रमन्त्री डा. नारायण खड्कासहितको प्रतिनिधिमण्डल पाँच दिने युरोपको भ्रमण सकेर स्वदेश फिर्ता हुनुभएको छ । गणतन्त्र सर्बिया र गणतन्त्र अजरबैजानको भ्रमण सकेर उहाँ बुधबार स्वदेश फर्कनुभएको हो ।

सर्बियाको राजधानी बेलग्रेडमा भएको २२ गतेदेखि दुई दिने असंलग्न आन्दोलनको उच्चस्तरीय बैठकमा उहाँले दुई शक्ति राष्ट्रको पक्षमा कतै नलागेर तटस्थ बसेर विश्व शान्ति र लोकतन्त्र, मानवअधिकारको वकालत गरेको सर्बियाको बेलग्रेडमा भएको नेपालको तर्फबाट कुरा राखेको बताउनुभयो । असंलग्न राष्ट्रहरुको पहिलो शिखर सम्मेलन आयोजना भएको ६० वर्ष पूरा भएको अवसरमा उच्चस्तरीय बैठक आयोजना गरिएको थियो ।

पत्रकार सम्मेलनमा उहाँले अहिले देखा परेको जातीय र अन्तर राज्य द्वन्द्व, हिंसात्मक अतिवाद, आतंकवाद, जलवायु परिवर्तन, आर्थिक मन्दी, वित्तीय जोखिम, भूराजनीतिक जटिलता, हातहतियारको होडबाजी, धनी र गरिबचीको असमानता, इन्धन तथा खाद्य संकट र कोभिड–१९को महामारीले ल्याएको चुनौतीजस्ता विषयलाई जोडदार रुपमा आवाज उठाएको जानकारी दिनुभयो ।

भ्रमणको दौरानमा परराष्ट्रमन्त्री खड्काले सर्बियाका राष्ट्रपति एलेक्स्यान्डर भुसिस्सँग भेटघाट गर्नुभएको थियो । भेटमा आपसी सम्बन्धको विषयमा छलफल हुनुको साथै द्विपक्षीय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा सहकार्य गर्ने र दुई देशको सम्बन्ध थप मजबुत गर्ने विषयमा छलफल भएको उहाँले बताउनुभयो । यस्तै, उहाँले सर्बिया र टर्कीका समकक्षीसँग आपसी सम्बन्धको विषयमा छलफल गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुक्तिनाथ रथयात्रा सम्पन्न, त्रिवेणीधाममा आजदेखि एकमहिने महायज्ञ सुरु
२०८३ मंग्सिर १, मंगलबार
एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
२०८३ मंग्सिर १, मंगलबार
कांग्रेसको ‘हामी तयार छौँ’ अभियान आजदेखि, तीन लाख नेता–कार्यकर्ता परिचालन गरिने
२०८३ मंग्सिर १, मंगलबार
सर्वोच्चको अध्ययन प्रतिवेदन: क्षेत्राधिकार पुनरवलोकनको सुझाव
२०८३ मंग्सिर १, मंगलबार
मासु बिक्री गर्न छाप अनिवार्य
२०८३ मंग्सिर १, मंगलबार
नवदुर्गा देवगणको वार्षिक जात्रा तालिका सार्वजनिक
२०८३ मंग्सिर १, मंगलबार
त्रिवेणी रङ्गशालाको मुख्यमन्त्री पाण्डेद्वारा स्थलगत अवलोकन
२०८३ मंग्सिर १, मंगलबार