मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

उद्धारमा निजी हेलिकप्टर प्रयोग गर्ने सरकारको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सरकारले तीन दिनको अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानमा परेकाको खोज तथा उद्धारमा निजी हेलिकप्टर पनि प्रयोग गर्ने तयारी गरेको छ। अहिलेसम्म नेपाली सेनाको हेलिकप्टरले मात्रै उद्धार गरिरहेकामा अपुग हुने देखिएपछि निजी कम्पनीका हेलिकप्टर पनि प्रयोग गर्न लागिएको हो।

मुलुकभर नै निरन्तरको वर्षापछि आएको बाढी र पहिरो तथा भएको डुबानमा परेकाहरूको खोज तथा उद्धार कार्यका लागि निजी हेलिकप्टर पनि ‘स्ट्यान्डबाई’ राख्न लागिएको हो।

गृहमन्त्री बालकृष्ण खाँणको पहलमा बुधबार गृहसचिव टेकनारायण पाण्डे, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, पर्यटन मन्त्रालयका वायुसेवा हेर्ने सहसचिव बुद्धिसागर लामिछाने, निजी वायु सेवा कम्पनीहरूको एसोसियसनका कार्यकारी निर्देशक कमलेशकुमार वर्मा र गृह मन्त्रालयको शान्तिसुरक्षा महाशाखाका उपसचिव दिलकुमार तामाङसहितको बैठक बसेको थियो।

बैठकमा वर्षा निरन्तर भइरहेको र सेनाको हेलिकप्टरले मात्रै विपदमा परेकाको खोज तथा उद्धारमा कठिन देखिएपछि निजी हेलिकप्टर प्रयोग गर्ने विषयमा छलफल भएको थियो। निजी वायु सेवा कम्पनीको एसोसियसनका कार्यकारी निर्देशक वर्माले विपदमा परेकाहरूको खोज तथा उद्धार गर्ने दायित्व आफूहरूको पनि भएको भन्दै सरकारले खोजेमा आफूहरु सेवा दिन तयार रहेको बताएका थिए। उनले बैठकमा निजी वायुसेवा कम्पनीसँग ३५ हेलिकप्टर भएको जानकारी दिएका थिए।

त्यसपछि बैठकमा ती हेलिकप्टर कहाँ छन् भन्ने लोकेसन एसोसियसनले गृह मन्त्रालयलाई उपलब्ध गराउने र गृहले आवश्यकताअनुसार खटाउने भएको छ। त्यसको समन्वय गृह मन्त्रालयको शान्तिसुरक्षा महाशाखाले गर्ने छ। निजी हेलिकप्टर प्रयोग भएबापतको भुक्तानी गृह मन्त्रालयले दिनेछ। बैठकमा गृहमन्त्री खाँणले राष्ट्रिय विपद्को सामना गर्दै नागरिकको जीवन रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुक्तिनाथ रथयात्रा सम्पन्न, त्रिवेणीधाममा आजदेखि एकमहिने महायज्ञ सुरु
२०८३ मंग्सिर १, मंगलबार
एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
२०८३ मंग्सिर १, मंगलबार
कांग्रेसको ‘हामी तयार छौँ’ अभियान आजदेखि, तीन लाख नेता–कार्यकर्ता परिचालन गरिने
२०८३ मंग्सिर १, मंगलबार
सर्वोच्चको अध्ययन प्रतिवेदन: क्षेत्राधिकार पुनरवलोकनको सुझाव
२०८३ मंग्सिर १, मंगलबार
मासु बिक्री गर्न छाप अनिवार्य
२०८३ मंग्सिर १, मंगलबार
नवदुर्गा देवगणको वार्षिक जात्रा तालिका सार्वजनिक
२०८३ मंग्सिर १, मंगलबार
त्रिवेणी रङ्गशालाको मुख्यमन्त्री पाण्डेद्वारा स्थलगत अवलोकन
२०८३ मंग्सिर १, मंगलबार