काठमाण्डौंः प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच भेटवार्ता भएको छ । बिहीबार प्रधानसेनापति शर्मा र राजदूत डिप्रेजबीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएकाे हाे ।
प्रधानसेनापति शर्माको कार्यकक्ष जङ्गी अड्डामा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटवार्ताले आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया