मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

बिपी स्मृति भवनका लागि छ आना जग्गा दान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं.-३ घाचोकका नेपाली कांग्रेस वडा एकाइ समितिका सभापति कृष्णकुमार श्रेष्ठले बिपी स्मृति भवन निर्माणका जग्गा दान गर्नुभएको छ ।

घाचोकमा निर्माण हुने भवनका लागि उहाँले आफ्नो हकभोगमा रहेको रु ४० लाख मूल्य बराबरको छ आना दुई पैसा जमिन मालपोत कार्यालयमा गएर पार्टीका नाममा हक हस्तान्तरण गर्नुभएको हो । घाचोकको एकाइ समितिको बैठक तथा गतिविधि सञ्चालनका लागि सहज होस् भनेर जग्गा उपलब्ध गराएको श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विसं २०३६ बाट म कांग्रेस पार्टीमा सक्रिय भएर लागेँ, बिपीको समाजवादबाट आकर्षित भएर कांग्रेसमा लागेर अहिलेसम्म सक्रिय छु । पार्टीलाई बलियो बनाउनका लागि जग्गा दान गरेको हुँ ।”

कांग्रेस वडा एकाइ समितिले घाचोक बिपी स्मृत भवन निर्माणका लागि काम अघि सुरु गरेको छ । केही दिनअघि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भवनको शिलान्यास गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुक्तिनाथ रथयात्रा सम्पन्न, त्रिवेणीधाममा आजदेखि एकमहिने महायज्ञ सुरु
२०८३ मंग्सिर १, मंगलबार
एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
२०८३ मंग्सिर १, मंगलबार
कांग्रेसको ‘हामी तयार छौँ’ अभियान आजदेखि, तीन लाख नेता–कार्यकर्ता परिचालन गरिने
२०८३ मंग्सिर १, मंगलबार
सर्वोच्चको अध्ययन प्रतिवेदन: क्षेत्राधिकार पुनरवलोकनको सुझाव
२०८३ मंग्सिर १, मंगलबार
मासु बिक्री गर्न छाप अनिवार्य
२०८३ मंग्सिर १, मंगलबार
नवदुर्गा देवगणको वार्षिक जात्रा तालिका सार्वजनिक
२०८३ मंग्सिर १, मंगलबार
त्रिवेणी रङ्गशालाको मुख्यमन्त्री पाण्डेद्वारा स्थलगत अवलोकन
२०८३ मंग्सिर १, मंगलबार