बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै,पौडेल पक्षले बहिष्कार गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति आज बस्दै छ । राष्ट्रिय सभाको निर्वाचनबारे छलफल गर्न अपराह्न बैठक बोलाइएको हो । बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले लगातार बहिष्कार गर्दै आएपछि केन्द्रीय समितिको बैठक पटक–पटक सर्दै आएको छ ।

यस अघिको बैठकमा संस्थापन पक्षले बहुमतको आधारमा महाधिवेशनको मिति र विभागहरु गठन गरेको भन्दै पौडेल पक्ष क्रुद्ध बनेको छ ।

पौडेल पक्षले आफुहरुसँग कुनै सल्लाह नै नगरि महाधिवेशनको मिति तोकेको भन्दै नसच्याएसम्म केन्द्रीय समिति बैठकमा नजाने अडान लिएको छ ।

हिजो मात्रै सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी बैठकमा पौडेल पक्ष अनुपस्थित रह्यो । पौडेल पक्षले आजका लागि बोलाइएको केन्द्रीय समिति बैठक पनि बहिष्कार गर्ने जनाएको छ ।

विभाग गठन, महाधिवेशनको मिति, नेविसंघ र तरुण दलको विवाद समाधान गर्न दुबै पक्षले वार्ता टोली नै बनाएर छलफल गरेपनि सहमति जुट्न सकेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
२०८३ बैसाख १८, शुक्रबार
वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व
२०८३ बैसाख १८, शुक्रबार
आज शुक्रबार, कस्तो छ तपाँइको राशिफल ? हेर्नुहोस्
२०८३ बैसाख १८, शुक्रबार
अमेरिकी विशेष दूत सेर्गियो गोर काठमाडौंमा
२०८३ बैसाख १७, बिहिबार
पेट्रोलको मूल्य घट्यो, ग्यासको मूल्य १५० रुपियाँले बृद्धि
२०८३ बैसाख १७, बिहिबार
कांग्रेस नेता कोइरालाद्वारा बागमती प्रदेशका नेतासँग छलफल
२०८३ बैसाख १७, बिहिबार
बुद्धको मार्गले दिगो शान्ति र समृद्धिको आधार बनाउँछ : राष्ट्रपति
२०८३ बैसाख १७, बिहिबार