मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

अदालतमा दङ्गा प्रहरी प्रयोग नगर्न बारको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं: नेपाल बार एशोसिएसनले सर्वोच्च अदालत परिसरमा भएको शान्तिपूर्ण आन्दोलनमा दङ्गा प्रहरीको प्रयोग नगर्न गृहमन्त्रालय र सर्वोच्च अदालत प्रशासनसँग आग्रह गरेको छ ।

बारले आज आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरी उक्त आग्रह गरेको हो । मूल ढोकामा धर्ना दिँदै आएका कानून व्यवसायीलाई आज  सर्वोच्चको वैकल्पिक ढोकातर्फ अघि बढ्न लागेपछि प्रहरीले बल प्रयोग गरी रोक्न खोज्दा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ सामान्य घाइते भएका थिए भने  बारका केन्द्रीय सदस्य प्रकाश मर्हजन गम्भीर घाइतेभएका थिए । उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै वरिष्ठ अधिवक्ता सविता भण्डारी, सर्वोच्च अदालत बार एसोसिएनका सचिव ऋषिराम घिमिरे, अधिवक्ता कपिलचन्द्र पोखरेल, युवराज बञ्जाडे, नितेश श्रेष्ठ, रमणलाल कर्ण र गोपाल सापकोटा घाइते भएको बारले जनाएको छ ।

बारले अदालतमा भएको विकृति विसङ्गतिको अन्त्य गर्दै न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन लागू गर्नुपर्ने, गोला प्रक्रियाबाट पेसी तोक्नुपर्नेलगायतका माग राख्दै विरोध कार्यक्रम गर्दै आएको छ ।  रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने
२०८३ कार्तिक ३०, सोमबार