मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

बारले थप सशक्त बनायो आन्दोलन, प्रधानन्यायाधीशको वार्ता प्रस्ताव अस्वीकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलनलाई थप सशक्त बनाउने भएको छ ।

बार महासचिव लीलामणि पौडेल न्युज कारखानासँग कुरा गर्दै आइतबार सर्वोच्च अदालत परिसरमा दंगा प्रहरी प्रयोग गरेर अदालतकै परिवार कानुन व्यवसायीमाथि चरम दमन भएको बताएका छन् । त्यसैको विरुद्धमा आफूहरूले आन्दोलनलाई थप कडा पार्ने उनले चेतावनी दिए ।

‘हामीमाथि प्रहरी दमन भएको छ । प्रहरीका बुट प्रहार भएका छन् । त्यसविरुद्ध आइतबार देशभरका सबै अदालतमा बन्दी प्रत्यक्षीकरण बाहेक सबै मुद्दामा बहस पैरवी नगर्ने निर्णय गरेका छौं । यो प्रहरी परिचालन गरेर कानुन व्यवसायीमाथि भएको दमनका विरुद्धमा हो । सोमबारबाट हाम्रा नियमित पुरानै आन्दोलनका कार्यक्रमले निरन्तरता पाउने छन्’, उनले भने ।

उनले सोमबार संसदमा सरिक सबै दललाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको समेत बताएका छन् । मंगलबार देशभरका सबै अदालतमा अन्तिम हदम्याद भएको मुद्दा बाहेक अरू कुनै पनि मुद्दा मामिलालगायत कुनै पनि काम नगरिने उनले बताए ।

उनले बुधबार देशभरका १८ वटा उच्च अदालतमा केन्द्रीय प्रतिनिधि पठाएर त्यो अदालतका क्षेत्राधिकार भित्रका अरू अदालतका कानुन व्यवसायीलाई एकै ठाउँमा भेला पारेर वृहत् विरोध सभा कार्यक्रम आयोजना गरिने बताएका छन् । बिहीबार र शुक्रबार भने काठमाडौं केन्द्रित आन्दोलनलाई सशक्त बनाइने बताएका छन् ।

यसका साथै उनले प्रधानन्यायाधीशले वार्ताका लागि पठाएको पत्रको कुनै नरहेको बताएका छन् । उनले प्रधानन्यायाधीशको राजीनामा मागिरहेको र बेन्चसमेत नतोक्न भनेको अवस्थामा अब वार्तामा बस्नुको कुनै अर्थ नहुने बताएका हुन् ।- न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर १, मंगलबार
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार