मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

माओवादी जनयुद्धको सपना पूरा हुनेछ : मुख्यमन्त्री केसी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले माओवादी जनयुद्धको सपना पूरा गर्न नयाँ नीतिका साथ पार्टी अगाडि बढेको बताउनुभएको छ । माओवादी जनयुद्धका सपना अझै बाँकी रहेकाले ती सपना पूरा गर्न नयाँ सोचका साथ पार्टी लागि परेको मुख्यमन्त्री केसीको भनाइ थियो ।

नेकपा (माओेवादी केन्द्र) तानसेन नगरका वडाहरुको अधिवेशन उद्घाटन गर्दै मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशभित्र माओवादीका एक लाख १५ हजार पार्टी सदस्य रहेको बताउनुभयो । उहाँले पार्टी सदस्य नवीकरणलाई अनलाइनमार्फत गरेर व्यवस्थित गरिएको जानकारी दिनुभयो ।

माओवादी केन्द्र पाल्पाका अधिकांश स्थानमा आज वडा अधिवेशन सम्पन्न भएको छ । तिनाउ गाउँपालिका र रिब्दीकोट, रैनादेवी छहरा गाउँपालिकाका अधिकांश स्थानमा माओवादी केन्द्रको अधिवशेन सम्पन्न भएको छ । तानसेन नगरपालिकाको १ देखि ७ नं वडाका अधिवेशनलाई एकीकृत गरी तानसेनमा सम्पन्न भएको जिल्ला अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने
२०८३ कार्तिक ३०, सोमबार