असार २३, २०८२ सोमबार July 7, 2025

बस दुर्घटनाबाट ४६ को मृत्यु भएपछि तीन दिने राष्ट्रिय शोकको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उत्तरी मेसेडोनिया सरकारले पश्चिमी बुल्गेरियामा मंगलबार बिहान भएको बस दुर्घटनाबाट ठूलो क्षति भएको भन्दै त्यसप्रति राष्ट्रिय शोकको घोषणा गरेको छ ।

सो बम दुर्घटनामा परेर कम्तीमा पनि ४६ जनाको मृत्यु भएको सरकारी समाचार एजेन्सी बीटीएले जनाएको छ । उक्त दुर्घटनामा परेर ज्यान जानेमा १२ जना बालबालिका पनि परेका छन् ।

सो दुर्घटनामा परेर जलेका सात जनालाई उद्धार गरी राजधानीको आकस्मिक अस्पतालमा लगिएको बताइएको छ । मृत्यु भएका १२ बालबालिकाको शव जलेको अवस्थामा पाइएको भन्दै यहाँका नागरिकहरु निकै स्तब्ध भएका छन् ।

यहाँको गृह मन्त्रालयको अग्नि सुरक्षा विभागका प्रमुखले बस दुर्घटनामा परेरपछि आगो लागेको र त्यहाँ रहेका यात्रुहरु जलेका बताएका छन् । सोफियाबाट करिब ४० किलोमिटर दक्षिणमा रहेको राजमार्गमा स्थानीय समयानुसार दिउँसो २ः०० बजे सो दुर्घटना भएको हो ।

दुर्घटनाको कारण भने अझै पत्ता लाग्न सकेको छैन ।यहाँको सरकारले मंगलबारदेखि नै तीन दिनसम्म राष्ट्रिय शोकको घोषणा गरेको छ ।

यो तीन दिनसम्म देशभित्र र उसका विश्वमा रहेका दूतावासहरुमा पनि कुनै औपचारिक कार्यक्रमहरु नगरिने जनाइएको छ । रासस-सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया