असार २४, २०८२ मंगलबार July 8, 2025

सानेपामा जिल्ला सभापतिसँगको बैठक सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । संस्थापनइतर समूहले बोलाएको जिल्ला सभापतिहरुको भेला पार्टी कार्यालय सानेपामा सुरु भएको छ ।

कांग्रेस केन्द्रीय समितिले पुस ११ गते बहुमतको आधारमा १४ औं महाधिवेशनको मिति तोक्ने, विभागहरुको संख्या ४७ पुर्‍याउने लगायतको निर्णय गरेपछि रुष्ट बनेको संस्थापनइतर समूहले जिल्ला सभापतिहरुलाई काठमाडौंमा भेला गरेको हो ।

भेलामा हालसम्म ३० जिल्लाका सभापति भेला भएका छन् । भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्रीहरु प्रकाशमान सिंह, नेताहरु डा. रामशरण महत, अर्जुननरसिंह केसी, कोषाध्यक्ष सीतादेवी यादवलगायत नेताहरु सहभागी छन् ।

११ पुसको केन्द्रीय समिति बैठकका निर्णय सच्याउन वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका नेताहरुले दबाब दिँदै आएका छन् । नेतृत्वसँग कुरा नमिलेपछि संस्थापनइतर पक्षले केन्द्रीय समितिको बैठक नै बहिस्कार गरेको थियो ।

केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले जिल्ला सभापतिहरुसँग ‘परामर्श भेला’ गर्न लागिएको र भेलाको सुझावका आधारमा अगाडि बढ्ने बताएका छन । ‘पार्टी महाधिवेशनको सुनिश्चितता, विश्वसनीयता, सबैको सहभागीता र सहमतिबाट पार्टीलाई कसरी चलाउने भन्ने कुरा मुख्य हो,’ जोशीले भने, ‘हामी जिल्ला सभापतिहरूसँगको परामर्शअनुसार अगाडि बढ्छौं ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार