असार २३, २०८२ सोमबार July 7, 2025

श्रीलंकामा यसवर्ष पुगे १ लाख पर्यटक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः श्रीलंकामा यसवर्षको शुरुदेखि अहिलेम्म कम्तीमा पनि १ लाख पर्यटक पुगेका छन् ।

यहाँ यस वर्षको अहिलसम्म १ लाख १ हजारभन्दा केही बढी पर्यटक पुगेका छन् ।यहाँका अधिकारीहरुले दिएको समाचारअनुसार श्रीलंकामा यस वर्ष विस्तारै विदेशी पर्यटकहरु बढ्न थालेका छन् ।

तर यो नोभेम्बर महीनामा मात्र यहाँ ४१ हजार १७७ जना पर्यटक पुगेका छन् । योसमेत गरी यहाँ यस वर्ष पुगेका पर्यटकको संख्या १ लाख नाघेको हो ।यहाँ आएका यी पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट आएका छन् । भारतबाट मात्र यहाँ धेरै पर्यटकहरु आउने गरेकामा अहिले पछिल्लो समयमा कोभिडका कारण यहाँको सिंगो पर्यटन उद्योग नै प्रभावित भएको छ ।

श्रीलंकाका ४० लाखभन्दा बाढी मानिस पर्यटन उद्योगमा आश्रित रहेका छन् । यसबाट यहाँका बहुसंख्यक मानिसहरु लाभान्ति हुने गरेकामा अहिले कोभिडले गर्दा धेरै समस्या भएको बताइएको छ । रासस/ सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया