असार २३, २०८२ सोमबार July 7, 2025

अष्ट्रेलियाकाे संघीय संसदका एक तिहाइ कर्मचारीमाथि याैन दुर्व्यवहार: प्रतिवेदन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अष्ट्रेलियाकाे संघीय संसदका एक तिहाइ कर्मचारीमाथि याैन दुर्व्यवहार हुने गरेकाे  एउटा प्रतिवेदनमा जनाइएकाे छ । संघीय संसद्की एक पूर्वकर्मचारीले मन्त्रालयमा नै याैन दुर्व्यवहार भएकाे गुनासाे सार्वजनिक भईरहेका बेला प्रतिवेदन तयार पारिएकाे हाे । उनकाे भनाई सार्वजनिक भएसँगै क्यानवेरामा हुने याैन दुर्व्यवहारका विभिन्न घटना सार्वजनिक भएका थिए ।

दुर्व्यवहारबाट अधिकांश महिला पीडित भएकाे याैन विभेदसम्बन्धी अ‍ायुक्त केट जेनकिन्सले बताएकी छन् ।

प्रतिवेदनअनुसार संघीय संसदका ५१ प्रतिशत कर्मचारीले कुनै न कुनै प्रकारकाे याैन दुर्व्यवहार सामना गरेकाे उल्लेख छ । ‘उनीहरुकाे याैन दुर्व्यवहारकाे अनुभवले संसदकाे गरिमामाथि नै प्रश्न खडा भएकाे छ’,जेनकिन्सले भनिन् । प्रतिवेदनलाई प्रधानमन्त्री स्कट माेरिसनले डरलाग्दाे बताएकी छन् ।

संसदमा महिलामाथि हुने दुर्व्यवहारबारे एक कानले सुनेर अर्काे कानले उडाइ दिएकाे प्रधानमन्त्री माेरिसनमाथि अ‌ाराेप लाग्दै आएकाे थियाे ।

अध्ययनमा संघीय संसदका १७२३ पूर्वकर्मचारी र ३३ अ‍ाेटा संगठनका विभिन्न व्यक्तिसँग अन्तर्वार्ता लिइएकाे थियाे । प्रतिवेदनअनुसार ६३ प्रतिशत महिला सांसदले याैन दुर्व्यवहार सामना गरेका छन् । याे संख्या दुर्व्यवहारमा परेका कर्मचारीकाेभन्दा धेरै हाे । -एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया