भाद्र २८, २०८३ आइतबार September 13, 2026

तपाईंलाई थाहा छ, कुन थरको गोत्र के हुन्छ ? (पूर्णविवरण)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गोत्रका विषयमा धेरैलाई थाहा नहुन सक्छ । नेपाली समाजमा अधिकांशले हिन्धु धर्म मान्दै आएकाले पनि गोत्र महत्वपूर्ण विषय हो । जस्तो कि सहगोत्रसँग विहे गर्न मिल्छ कि मिल्दैन ? कुन गोत्रसँग मितेरी गाँस्ने, कुन–कुन गोत्र कुन जाति अन्तर्गत पर्दछन् ? आदि विषय तपाईंका लागि रूचिका विषय बन्न सक्छन् ।

विभिन्न ऋषिमुनिका सन्तानका नामबाट गोत्र राखिएको हुन्छ । गोत्र उनीहरूको कुल छुट्याउने एउटा भरपर्दो आधार हो । एकै जना बाट जन्मिएको ठानिने हुनाले एउटै गोत्र भएका मानिसहरुबीच विवाह चल्दैन ।

हिन्दु समाजमा गोत्र शब्दले एक प्राचिन पुरुषको अविरल वंश परम्परालाई जनाउँछ, जुन माथिबाट तल तिर क्रमशः अटुट रुपमा बढ्दै जान्छ । अर्थात एक पुरूषको छोरा, नाति, पनाति, खनाति हुँदै हजारौं हजार वर्षसम्म चल्ने वंश पद्धति भन्ने बुझाउँछ ।

यसरी एक व्याक्तिबाट आरम्भ भएको वंश परम्परा अन्तर्गतका सबै सन्ततिहरू त्यही मुख्य पर–बाजेका सन्तान र उनीहरूको उत्पत्तिको परिचयलाई जनाउँन उनै प्राचिन पर–बाजेको नामलाई गोत्र मान्ने गरेको पाइन्छ । हिन्दू समाजमा गोत्र शब्दले एक पुरुषको अनवरत वंश परम्परालाई जनाउँछ ।

वैद्विक कालमा ऋषिमुनीहरूले आफ्ना सन्ततीहरूको पहिचानकालागि आफ्नो नामलाई संकेत शब्दको रुपमा प्रयोग गर्ने प्रणालीलाई नै गोत्र भन्ने गरेको देखिन्छ । यसरी थालनी गरेको गोत्रलाई गोत्र पर्वर्तक ऋषिहरूका सन्तानहरूले आफ्नो कुल, वंशको पहिचानको आधार मान्ने गरेको देखिन्छ । यो प्रक्रिया हजारौं वर्षदेखि अनवरत रुपमा चल्दै आइरहेको छ ।

कुन थरको गोत्र के हुन्छ ?

१.अंगिरस–जोशी (सिलाई), सेढाई, शौनक,

२.शाही अगस्ति– ढुंगेल

३.अगस्त्य

४.अत्रि–चापगाईँ, बस्ती, मिश्र, खतिवडा, मल्ल, ओझा, अधिकारी, गोतामे

५.अपस्थंभ, आत्रेय–दवाडी, दुलाल, पौडेल, थापा (पुवार, खुलाल, कालिकोटे र बगाले) पोखरेल (पानी), कालिकोटे (खड्का), अर्याल, सिग्देल

६.उषानस, कश्यप–शाह, शाही, ठकुरी, रायमाझी, घिमिरे, गोदार (थापा), कठायत, गर्तौला, अधिकारी (भँडारे, खिलचिने र कौवाली), बोगटी, बुढाथोकी (सोडारी), पाँडे (सिमलदिया र बडखोरा), बडाल, श्रेष्ठ, लिम्बू, राई, शेर्पा तथा गोत्र तथा थरको पत्ता नभएको र पशु–पंछीहरुको

७.कात्यायन, कौडिन्य–आचार्य, न्यौपाने, प्याकुरेल, पनेरू, सापकोटा, सत्याल, मरासिनी, पराजुली, बास्कोटा, त्रिताल, खड्का (कमलकोठे), थापा(गाम्ले र बगाले)

८.गौतम घृतकौशिक–सुतार, कार्की, बराल, पण्डित, खनाल, नेपाल

९.उपमन्यु – मैनाली, ढकाल, बर्तौला, भट्ट (दुवाल), पाँडे
कौशिक – रेग्मी, खपतरी (खड्का, बिष्ट, बुढाथोकी र बस्नेत), खड्का, बिडारी, रिमाल, लामिछाने, ढुङ्गाना, धिताल, तिवारी, माझी, लुईँटेल, पुडासैनी, बानियाँ, रघुवंशी, भन्डारी, बस्ताकोटी

१०.माण्डव्य– बजगाईँ, ज्ञवाली, पन्थी, मास्के, बजाइ, जमदग्नी, दक्ष, पराशर–मरहठ्ठा, लामा (कार्की), कट्टेल

११. बशिष्ठ– सुयल (घर्ती), राउत, भट्टराई, सुयल (थापा), दवाडी, थान्सिङे, भन्डारी, खरेल, चालिसे, मुडबरी

१२.धनञ्जय– हुमगाईँ, रिजाल, पङ्गेनी, बसेल, कुकुरकोटे, गुरागाईँ, खुलाल, बस्नेत, भुसाल, खुलाल (बुढाथोकी), गौरीपिल्ली बृहस्पति, बौधायन, बौधायन,

१३.भारद्वाज– चौलागाई, सुवेदी, थपालिया, वैदवार, क्षेत्री, पन्थी, सिलवाल, बिष्ट (सिजापति), वाग्ले, लोहनी, पन्त, अधिकारी (थामी), दुधपोखरेल, शिवाकोटी, देवकोटा, निरौला, जमरकट्टेल, खड्का (लकाई), राउत, कर्णेल, शेर्पाली बस्नेत, पाँडे (कुलेटा), जोशी (लटौला) भार्गव, मनू, यज्ञवल्क्य, लिखित,

१४.वत्स – राणा, कुँवर, लम्साल, दाहाल, रुपाखेती

१५.विश्वामित्र– भट्ट (अलिना, दुवाडी, निरवंशी, रायल र राई) विष्णु, व्यास, शंख, शतताप, संवर्त,हरित आदी । केही थर भने गोत्रमा बाँडिएको पनि पाइन्छ ।- एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
२०८३ भाद्र २८, आइतबार
विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
२०८३ भाद्र २८, आइतबार
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक
२०८३ भाद्र २८, आइतबार
मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै
२०८३ भाद्र २८, आइतबार
लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न सुझाव कार्यदलद्धारा अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र
२०८३ भाद्र २८, आइतबार
सुत्केरी बिदा ६ महिना बनाउन प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
२०८३ भाद्र २८, आइतबार
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार