मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

विजयीको तीन दिनमा लिङ्देनलाई बधाइ दिए रवीन्द्र मिश्रले, राप्रपासँग विचार मिलेकाे हाे ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः पछिल्लो पटक संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमतसंग्रहको वकालत गर्दै आएका विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले ‘राजतन्त्रसहितको हिन्दू राष्ट्र’एजेण्डा बोकेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई विजयीको तेस्रो दिन बधाइ दिएका छन् ।

राजतन्त्रको विपक्षमा रहेका कतिपय कांग्रेस र कम्युनिष्ट नेताहरूले लिङ्देन विजयी भएको दिन अर्थात् १९ मंसिरमै सामाजिक सञ्जालमार्फत बधाइ दिए पनि ‘विचारभन्दा देश पहिले’ भन्दै आएका मिश्रले भने मंगलबार मात्र माइक्रोब्लगिङ साइट ट्वीटर र सामाजिक सञ्जाल फेसबुकमार्फत् लिङ्देनलाई बधाइ दिएका हुन् ।

कमल थापाकाे विरासत ढाल्दै लिङ्देन राप्रपा अध्यक्षमा विजयी बनेका थिए ।

‘लिङ्देनसँग गठबन्धन बनाउनु होला’

मिश्र पछिल्लो पटक आफ्ना हरेक अभिव्यक्तिमा तत्कालीन राजाहरू पृथ्वीनारायण शाह र महेन्द्र शाहको नाम  लिन छाड्दैनन् । महेन्द्र राष्ट्रवादी भन्न उनी धक मान्दैनन् । स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयताको खारेजीको प्रस्ताव अघि सारेका मिश्रलाई पछिल्लो पटक ‘दक्षिणपन्थीको बात’लाग्ने गरेको छ । यद्यपि, उनले सार्वजनिक अभिव्यक्तिमा स्वीकार गरेका छैनन् ।

तर, मिश्रले लिङ्देनलाई बधाइ दिँदा ‘आफूलाई लाग्ने गरेका आरोपलाई बल पुग्ने’ शव्द खर्चेका छन् । उनले नेपाल राजनीतिक, सामाजिक रूपमा मूलत नरम परम्परावादी समाज रहेको दाबी गरेका छन् ।

जबकि, राणा शासन, पञ्चायत र राजतन्त्रको अन्त्य तथा तीसँग जोडिएका २०४६ र २०६२/६३ को जनआन्दोलनले नेपाली समाज अग्र रुपान्तरणकारी बाटोमा रहेको पुष्टि गर्छ । जनआन्दोलनकै बलमा राजतन्त्र अन्त्य भएर नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रिक मुलुक बनेको विश्लेषकहरूको मत छ ।

नेपाललाई कल्याणकारी, नरम वामपन्थी एजेण्डा चाहिएको बताएका मिश्रले अगाडि भनेका छन्, ‘राजनीतिक-सामाजिकरूपमा नेपाल मूलत: नरम परम्परावादी समाज हो । त्यसलाई अस्वीकार गरेर समाज रूपान्तरण गर्न सकिँदैन।’

उनले लिङ्देनको विजयलाई ‘विदेशी तथा विकृत वामवादको चाल चिर्न महत्वपूर्ण भूमिका खेल्ने’ दाबी गरेका छन्। मिश्रले भनेका छन्, ‘विषाक्त भाष्य निर्माण गरेर नरम परम्परावादी समाजलाई विथोल्ने र त्यसमा विग्रह लेराउने विदेशी तथा विकृत वामवादको चाल चिर्न तपाईँको विजयले महत्वपूर्ण भूमिका खेल्नेछ ।’

उनको यो अभिव्यक्तिलाई राप्रपाको एजेण्डासँग जोडिएर पनि हेर्न थालिएको छ । फेसबुकमा राजकुमार आचार्यले मिश्रमाथि टिप्पणी गरेका छन्, ‘अब पार्टी एकता गर्नुस् । धेरै राष्ट्रवादी विचारहरू मिल्छ।’

ट्वीटरमा केदार थापाले टिप्पणी गरेका छन्, ‘आगामी चुनावमा लिङ्देनसॅग गठबन्धनको मनस्थिति बनाउनुहोला ।’-न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने
२०८३ कार्तिक ३०, सोमबार