असार २३, २०८२ सोमबार July 7, 2025

विश्व इतिहासमा आजः युनिसेफको स्थापनादेखि अमेरिकी युवतीसँग विवाह गर्न बेलायती राजाले राजगद्दी त्यागेको त्यो दिन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आज ११ डिसेम्बर । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही सामाजिक तथा राजनीतिक घटनाक्रम

युनिसेफको स्थापना

सन् १९४६ मा राष्ट्रसंघीय अन्तर्राष्ट्रिय बालबालिकासम्बन्धी आपतकालिन कोष युनिसेफको स्थापना भएको थियो । युनिसेफले विश्वभरका बालबालिकाको भलाईका लागि काम गर्छ ।

जर्मनी र इटालीविरुद्ध अ‍ेमेरिकाद्वारा युद्ध घोषणा

सन् १९४१ मा अमेरिकाले जर्मनी र इटालीविरुद्ध युद्ध घोषणा गरेको थियो । अमेरिका औपचारिक रुपमा युद्धमा प्रवेश गरेसँगै पहिलो विश्वयुद्धले भयानक मोड लिएको थियो ।

बेलायती राजाद्वारा राजगद्दी परित्याग

सन् १९३६ मा बेलायतका राजा इडवार्ड आठौँ बेलायतको राजगद्दी त्याग गरेको घोषणा गरेका थिए । अमेरिकी युवती वाल्स वारफिल्ड सिम्पसनसँग विवाह गर्न उनले राजगद्दी नै त्यागेका थिए ।

सन् १९९७ मा जलवायु सम्बन्धी राष्ट्रसंघीय सम्झौता क्वेटो प्रोटोकलमा हस्ताक्षर भएको थियो । विश्वबाट हरितगृह ग्यासको उत्सर्जन घटाउन सो सम्झौतामा विभिन्न देशहरुले हस्ताक्षर गरेका थिए । अमेरिकाले भने सो सम्झौता अनुमोदन गरेको थिएन् ।-न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया