असार २३, २०८२ सोमबार July 7, 2025

अमेरिकामा आँधी, ५० भन्दा धेरै मानिसको मृत्यु भएको आशंका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अमेरिकाको केन्टकी प्रान्तमा आएको भीषण आँधीमा अहिलेसम्म ५० भन्दा धेरैको ज्यान गएको आशंका व्यक्त गरिएको छ । राज्यका गभर्नर एन्डी बेशियरले केन्टकीको इतिहासमा यो सबैभन्दा भीषण आँधी भएको बताएको बीबीसीले उल्लेख गरेको छ । उनका अनुसार मर्नेको संख्या १ सय सम्म पुग्न सक्छ ।

अमेरिकाको कयौं प्रान्तमा लगातार आँधी आइरहेको छ र  कयौं कर्मचारी अमेजनको वेयरहाउसमा फसेका छन्।

न्यूयोर्क टाइम्सका अनुसार आँधी आएको समयमा करिब १ सय मानिस मेफिल्डको मैनवत्ती बनाउने उद्योगमा उपस्थित थिए । बेशियरका अनुसार त्यसमध्ये १२ जनाको मृत्यु भएको छ ।

प्रशासनिक अधिकारीहरुका अनुसार शुक्रवार राति आएको आँधीले दक्षिणी इलिनइसस्थित एक अमेजन वेयरहाउस तहस-नहस गरिदिएको छ ।

अहिले सम्म छत खस्दा कति जनालाई चोट लाग्यो भन्ने थाहा हुन नसकेको स्थानीय आपातकालीन सेवा दिने संस्थाले जनाएको छ । – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया