काठमाण्डौः संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेस बेइजिङ ओलम्पिकमा उपस्थित हुनुहुने भएको छ । सो कुरा सिंगापुरबाट प्रकाशन भइरहेको एक चिनियाँ भाषाको पत्रिकाले जनाएको छ । उक्त पत्रिकाले बेइजिङ ओलम्पिकमा संयुक्त राष्ट्रसंघीय महासचिव गुटर्रेस उपस्थित हुने तथा अन्य कतिपय देशले बहिस्कार गरेको भनिएको सो खेलको कार्यक्रमलाई फ्रान्सले पनि बहिस्कार गर्ने कुनै योजना नबनाएको जनाएको छ ।
संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले बेइजिङ ओलम्पिकका लागि दिनुभएको निमन्त्रणा स्वीकार गर्नुभएको र उहाँ सो कार्यक्रममा उपस्थित हुने जानकारी दिनुभएको सो समाचारमा लेखिएको छ ।
बेइजिङ ओलम्पिकमा उपस्थित हुने विषयमा सोधिएको प्रश्नमा फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले भने कुनै प्रतिक्रिया दिनुभएको छैन । उहाँले खेलकुदजस्तो विषयमा कसैले पनि राजनीति गर्न नहुने भने बताउनुभएको छ । रासस-सिन्ह्वा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया