मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

संकटा र पुलिस तथा जावलाखेल र ब्रिगेड भिड्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमडौंः सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको चौथो चरणको अन्तिम दिन दुई खेल साेमबार हुँदै छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला सोमबार हुने पहिलो खेलमा संकटा क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । खेल दिउँसो १ बजे हुनेछ ।

संकटा र पुलिस दुबै दोस्रो जितको खोजीमा हुनेछन् । यसअघिका तीन खेलमा दुबै टोलीले दुई बराबर र एक खेलमा जित निकालेका छन् ।

जारी लिगमा औसत प्रदर्शन गरेका दुबै टोली एक अर्काविरुद्ध जित निकाल्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा छन् । संकटा तीन खेलमा पाँच अंक जोडेर छैटौं स्थानमा छ । पुलिस पाँच अंक जोडेर सातौं स्थानमा छ ।

दोस्रो खेलमा ललितपुर डर्वी अन्तर्गत जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीच प्रतिस्पर्धा हुनेछ । खेल अपरान्ह ४ः४५ बजे हुनेछ ।

जारी लिगमा खराब प्रदर्शनपछि अंकतालिकाकाे पुछारमा रहेको जावलाखेल पहिलो अंक र जितको खोजीमा हुनेछ । यता, बीबीसी भने दोस्रो जितको खोजीमा छ ।

जारी लिगमा तुलात्मक रूपमा जावलाखेल बलियो देखिए पनि स्कोर निस्कन नसक्दा आफ्नो लय समात्न सकेको छैन।

यता, युवा खेलाडीको साथ पाएको बीबीसी भने एक खेल जितेर एक बराबरी खेल्दा उच्च मनोबलमा छ । यद्यपि, टोलीलाई जावलाखेलविरुद्धको खेल सहज हुनेछैन ।

१४ क्लब सहभागीता शीर्ष डिभिजनको लिगमा अंकविहीन रहँदै जावलाखेल पुछारमा छ । बीबीसी भने चार अंक जोडेर नवौं स्थानमा छ ।

जारी लिगमा समान १० अंक भए पनि मनाङ मर्स्याङ्दी क्लबलाई गोल अन्तरमा पछि पार्दै साविक विजेता मछिन्द्र शीर्षस्थानमा छ । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चुनावमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई बढाउनुपर्छः संयोजक दाहाल
२०८३ मंग्सिर ५, शनिबार
सेतो मच्छिन्द्रनाथ मन्दिरमा आयोजित महायज्ञमा राष्ट्रपति पौडेल सहभागी
२०८३ मंग्सिर ५, शनिबार
आरोपित नै न्यायाधीश भएर उभिए पछि इरानी जुम्ल्याहा दिदीबहिनी छक्क
२०८३ मंग्सिर ५, शनिबार
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार