मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

आठौँ पठक सगरमाथा आरोहण गर्ने तामाङसहित पाँच माओवादीमा प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सगरमाथाको आठौँ पटकसम्म आरोहण गर्ने रसुवाको कालिका गाउँपालिका–१ का कामी सिङ्गी स्याङ्बा तामाङसहितको आरोहीको टोली सोमबार माओवादी केन्द्रमा प्रवेश गरेको छ । उहाँहरुलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सोमबार पार्टीमा स्वागत गर्नुभएको थियो ।

माओवादी प्रवेश गर्नेमा सात पटक सगरमाथा आरोहण गर्ने सोही वडाका लालबहादुर तामाङ, दुई पटक सगरमाथाको आरोहण गर्ने मिङमार तामाङ, समाजसेवी तथा युवा व्यवसायी नामग्याल तामाङ, नेपाली कांग्रेसका सक्रिय सदस्य तथा युवा व्यवसायी छिरिङ तामाङलगायत छन् ।

सो अवसरमा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, रसुवा जिल्लाका नेताहरु जगत जङ्ग, समीर, दावा मोक्तान तामाङलगायत नेताको उपस्थिति थियो । अध्यक्ष दाहालले पार्टीमा प्रवेश गर्ने सबैलाई उचित जिम्मेवारी दिने बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने
२०८३ कार्तिक ३०, सोमबार