मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

मतदान सकिएको पाँच घण्टापछि सभापतिको मतगणना सुरु, बाँकी पदाधिकारीको मतपेटिका केन्द्रीय कार्यालयमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतगणना सुरु भएको छ । मतदान सम्पन्न भएको पाँच घण्टापछि सोमबार बिहान साढे चार बजे मतगणना सुरु भएको हो ।

आइतबार बिहान ११ बजेदेखि राति साढे ११ बजेसम्म मतदान भएको थियो । चार हजार ६८० जना प्रतिनिधिले मतदान गरेका थिए । कुल चार हजार ७४३ प्रतिनिधि छन् ।

निर्वाचन समितिका प्रमुख गोपालकृष्ण श्रेष्ठले सभापति पदको मतगणना सुरु भएको जानकारी दिए । उनकाअनुसार मतगणना सकिन कम्तिमा साढे ३ घण्टा लाग्नेछ ।

कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । खसेको मतको आधारमा पहिलो चरणमै सभापति चुनिन २३४१ मत प्राप्त गर्नुपर्नेछ ।

सभापतिमा पाँच जना प्रतिस्पर्धामा छन् ।

यसैगरी केन्द्रीय निर्वाचन समितिले उपसभापतिसहित बाँकी पदाधिकारी र केन्द्रीय सदस्यको मतपेटिका केन्द्रीय कार्यालय सानेपा पुर्‍याएको छ । राष्ट्रियसभा गृह र भृकुटीमण्डपबाट ८४ वटा ट्यांकी सबै उम्मेदवारका प्रतिनिधिसहित कडा सुरक्षाका बीच सानेपा लगिएको निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने
२०८३ कार्तिक ३०, सोमबार