काठमाडौंः नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा तिव्र प्रतिस्पर्धा देखिएको छ ।
२८ सय मत गन्दा पूर्णबहादुर खड्काले अग्रता बनाएका छन् भने धनराज गुरुङ पछि परेका छन् ।
कांग्रेसमा दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ ।
पूर्णबहादुर खड्काले १३२१ मत पाउँदा धनराज गुरुङले १२६७ र विजयकुमार गच्छदारल १२१३ मत पाएका छन् । चन्द्र भण्डारीले १११५ मत पाएका छन्। -न्यूज कारखाना
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया