कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

कांग्रेस उपसभापतिमा पूर्ण खड्का जितउन्मुख, गच्छदार र गुरुङबीच कडा टक्कर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्काले अग्रता बढाएका छन् । खड्काले अरु उम्मेदवारभन्दा दुई सय मतले लिड गरिरहेका छन् । यहीँ अग्रता कायम रहे खड्काको जित सुनिश्चित छ ।

सोमबार सम्पन्न मतदानमा खसेको ४६८१ मतमध्ये बुधबार राति केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा ३५५८ मत गन्दा १६३४ मत प्राप्त गरेका खड्काले अग्रता बढाउँदै लगेका छन् ।

कांग्रेसको दुई उपसभापतिमा खड्कापछि विजय गच्छदार १४४३ मतसहित दोस्रो स्थानमा छन् । गच्छदारभन्दा ६ मतले पछाडि धनराज गुरुङको १४३७ मत छ । गच्छदार र गुरुङबीच कडा टक्कर परेको छ । उपसभापतिको दौडमा चन्द्र भण्डारी भने पछाडि परेका छन् । उनको १२५७ मत छ ।

पाँचौ नम्बरमा सुजाता कोइरालाले ४३८ मत प्राप्त गरेकी छन् । महेश आचार्यले ४१३ र दिव्यश्वरी शाहले ११७ मत प्राप्त गरेका छन् । १९ मत बदर भएको छ ।

अब ११२३ मत गन्न बाँकी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने
२०८३ कार्तिक ३०, सोमबार