काठमाण्डौंः निर्वाचन आयोगले फागुन १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र तोकेको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै ८ वटा मतदानस्थलमा १४ वटा मतदान केन्द्रहरू रहने जानकारी दिएको छ ।
आयोगका अनुसार प्रदेश १ मा २ वटा मतदान स्थल/केन्द्र र अन्य ६ वटा प्रदेशमा १/१ वटा मतदानस्थलभित्र २/२ वटा मतदान केन्द्र रहनेगरी ८ वटा मतदानस्थलमा १४ वटा मतदान केन्द्रहरू तोकिएका छन् ।
आयोगका अनुसार ५३२ तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू १४९३ गरी जम्मा २०२५ मतदाता रहेका छन् ।
राष्ट्रिय सभामा चार बर्से कार्यकाल सकिएर फागुन २१ गतेबाट १९ सांसद् बिदा हुँदैछन् । सोही स्थानमा निर्वाचन हुन लागेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया