कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

दुई पूर्वमहान्यायाधिवक्ता एमालेको महत्वपूर्ण जिम्मेवारीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल सरकारका दुई जना महान्यायाधिवक्ताले नेकपा एमालेमा महत्वपूर्ण जिम्मेवारी पाएका छन् ।

१०औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका पूर्वमहान्यायाधिवक्ताद्वय अग्निप्रसाद खरेल र रमेश बडाललाई २५-२६ मंसिरमा भक्तपुरमा बसेको केन्द्रीय समितिको दोस्रो बैठकले पार्टी संगठनमा जिम्मेवारी प्रदान गरेको हो ।

स्थायी कमिटी सदस्यसमेत चुनिएका खरेलले अध्यक्ष केपीशर्मा ओलीको गृहजिल्ला झापाको इन्चार्जको जिम्मेवारी पाएका छन् । त्यसैगरी बडालले कानुन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । उनलाई  प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन तथा सम्बद्ध संगठनहरूको इन्चार्ज पनि बनाइएको छ ।

खरेल र बडाल दुबै अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पालैपालो महान्यायाधिवक्ता नियुक्त भएका थिए । खरेलले प्रतिनिधिसभा विघटनमा प्रभावकारी डिफेन्स गर्न नसकेको भन्दै उनलाई राजीनामा गर्न लगाएर ओलीले बडाललाई नियुक्त गरेका थिए । दोस्रो प्रतिनिधिसभा विघटनमा बडालले प्रतिरक्षा गरे पनि अदालतले भने पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो ।  न-यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने
२०८३ कार्तिक ३०, सोमबार