मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

प्रधानमन्त्री महिला कप क्रिकेट: प्रदेश १ समूह विजेता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः कैलालीको धनगढीमा जारी प्रधानमन्त्री महिला कप क्रिकेटअन्तर्गत आज भएको खेलमा प्रदेश नं १ ले लुम्बिनी प्रदेशलाई ६७ रनले पराजित गरेको छ । जितसँगै प्रदेश १ समूह ‘ए’ को विजेता बनेको छ ।

पहिला ब्याटिङ गरेको प्रदेश–१ ले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर ११४ रन बनायो । एक सय १५ रनको विजयी लक्ष्य पछ््याएको लुम्बिनी प्रदेशले नौ विकेटको क्ष्यतिमा मात्र ४७ रन बनाउन सक्यो । प्रदेश–१ का लागि अप्सरी वेगमले सर्वाधिक ४४ रन बनाइन् । यस्तै काजोल श्रेष्ठले ४० तथा कप्तान रुविना क्षेत्रीले १५ रन बनाइन् । दोस्रो विकेटका लागि श्रेष्ठ र वेगमले ६२ रनको साझेदारी गरेका थिए । बलिङतर्फ लुम्बिनीका नेरी थापा, मधु डिसी र सरस्वती पुनले एक÷एक विकेट लिइन् ।

एक सय १५ रनको विजय लक्ष्य पछ्याएको लुम्बिनीले ४७ रन मात्रै बनाउन सक्यो । लुम्बिनीका कुनै पनि खेलाडीले दोहोरो अङ्कको रन जोड्न सकेनन् । सरस्वती पुन र नितु भण्डारीले नौ नौ रन बनाइन् । लुम्बिनीका तीन खेलाडी शून्यमा पवेलियन फर्किए भने तीन खेलाडी रन आउट हुन पुगेका थिए । बलिङतर्फ प्रदेश–१ का लागि कप्तान रुविना क्षेत्रीले तीन विकेट लिइन् । यस्तै अलिशा खाडियाले दुई र सङ्गिता राईले एक विकेट लिइन् । प्रदेश–१ की कप्तान क्षेत्री ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

धनगढीको फाप्ला मैदानमा आजै भएको अर्को खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई ७९ रनले पराजित ग¥यो । बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनायो । बागमतीका लागि कञ्चन श्रेष्ठले अविजित ४७ रन तथा हेलिशा गुरुङले २५ र अस्मिना कर्माचार्यले १६ रन बनाइन् । पहिलो विकेटका लागि श्रेष्ठ र गुरुङबीच ७२ रनको साझेदारी भएको थियो । बलिङतर्फ कर्णालीका दिव्या धामीले तीन, एन्जिला क्षेत्रीले दुई र निशा पराजुलीले एक विकेट लिइन् ।

एक सय ३१ रनको विजय लक्ष्य पछ््याएको कर्णाली १८ दशमलव तीन ओभरमा ५१ रनमै समेटियो । कर्णालीका लागि लक्ष्मी रिमालले सबैभन्दा बढी १४ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । दिपा रानाले नौ रन बनाइन् । बलिङतर्फ बागमतीका आरती विडारी र विपिशा शाहीले तीन÷तीन तथा सोनी पाख्रिन, खुशी डङ्गोल र ज्ञानुका बस्नेतले एक÷एक विकेट लिइन् । उक्त खेलमा बागमतीकी कञ्चन श्रेष्ठ ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चुनावमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई बढाउनुपर्छः संयोजक दाहाल
२०८३ मंग्सिर ५, शनिबार
सेतो मच्छिन्द्रनाथ मन्दिरमा आयोजित महायज्ञमा राष्ट्रपति पौडेल सहभागी
२०८३ मंग्सिर ५, शनिबार
आरोपित नै न्यायाधीश भएर उभिए पछि इरानी जुम्ल्याहा दिदीबहिनी छक्क
२०८३ मंग्सिर ५, शनिबार
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार