बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

प्रतिनिधिसभा स्थगित गरिनु आपत्तिजनक र लज्जास्पद : कांग्रेस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसले सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले प्रतिनिधिसभालाई अनिर्णयको बन्दी बनाएको भन्दै आपत्ति जनाएको छ ।

पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभाको बैठक पटक पटक स्थगित गरेकामा असन्तुष्ट कांग्रेसले यसलाई सरकार र सत्तारूढ नेकपाको संसदप्रतिको गैह्र जिम्मेवार ब्यवहारका रुपमा लिएको जनाएको छ ।

‘संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भुमिका, गरिमा र महत्त्व हुन्छ । तर ३ महिनादेखि रिक्त पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारूढ दलभित्रको विवादको छायाँमा प्रतिनिधिसभालाई लाचार छायाँ बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद छ ‘ प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले प्रतिनिधिसभालाई अनिर्णयको बन्दी नबनाउन आग्रह गर्दै तत्काल निकास दिन सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीलाई सचेत गराएको छ ।

नेकपाभित्र सभामुख कसलाई बनाउने भन्ने पक्षमा सहमति नजुट्दा आइतबार बोलाइएको प्रतिनिधिसभा बैठक पटक पटक स्थगित भएको छ । पुस ४ गते सुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशन एउटा बैठक बसेपछि पटक पटक स्थगित भएको छ ।

अबको बैठकमा सभामुख निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने हुनाले नेकपाले पार्टीभित्र सहमति नजुटी संसद बैठक सुरु गर्न चाहेको छैन । उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराएर प्रक्रिया सुरु गर्ने नेकपाको चाहना भए पनि तुम्बाहाम्फेले राजीनामा दिन अस्वीकार गरेकी छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
‘उभौली पर्वले हामी सबैलाई संविधानको रक्षा र संरक्षण गर्न प्रेरणा मिलोस्’ : अध्यक्ष नारायण दाहाल
२०८३ बैसाख १८, शुक्रबार
सीमा सुरक्षादेखि ‘डिजिटल’रूपान्तरणमा सशस्त्र प्रहरी
२०८३ बैसाख १८, शुक्रबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
२०८३ बैसाख १८, शुक्रबार
वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व
२०८३ बैसाख १८, शुक्रबार