काठमाण्डौंः नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सचिवालय बैठक सकिएको छ ।
पुस १० र ११ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लामा झापाको बिर्तामोडमा भएको बैठकले फागुन ७ गते विधान महाधिवेशन र चैत २२ देखि २४ सम्म २३ औं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो ।
यसअघि बुधबार बसेको अनेरास्ववियु केन्द्रीय पदाधिकारीको बैठकले पुस १५ देखि २२ सम्म जिल्ला अधिवेशन गर्ने, पुस २५ देखि माघ २ गतेभित्र विश्वविद्यालय राष्ट्रिय कमिटी सम्मेलन गर्ने र पुस १३ देखि माघ २ गतेसम्म सम्पर्क कमिटी सम्मेलन गर्ने निर्णय गरेको गरेको थियो । -न्यूज कारखाना
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया