वैशाख २६, २०८१ बुधबार May 8, 2024

स्थानीय प्रशासनले सिरहामा जारी निषेधाज्ञा हटायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः स्थानीय प्रशासनले सिरहामा आज बिहानदेखि लगाएको निषेधाज्ञा साँझबाट हटाएको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले विज्ञप्ति जारी गर्दै पूर्वमा बलान खोलादेख पश्चिममा कमला नदीसम्मको पूर्वपश्चिम राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर दक्षिण ५०० मिटर आसपासको क्षेत्र र चोहर्वादेखि सिरहा सडकखण्डको पि.के.राज इन्टरप्राइजेज (पेट्रोल पम्पसम्म) तथा सो मार्गसमेत तथा ५०० मिटर पूर्वपश्चिम आसपासका क्षेत्रसम्म लगाइएको निषेधाज्ञा आज साँझबाट हटाइएको जानकारी दिनुभयो ।

डा सिके राउत नेतृत्वको जनमत पार्टीले विगत तीनदेखि जारी राखेको बन्द हड्तालका कारण सर्वसाधारण जोखिममा परेको भन्दै जिल्ला प्रशासन कार्यालय सिरहाले आज बिहानदेखि बुधबार बेलुका ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियोे ।

सिरहाको औरही गाउँपालिकाले गहुँको बीउ बाँड्न ढिलाइ गरेको भन्दै किसानले गाउँपालिकाको गोदामबाट गहुँ लगेका थिए । गहुँको बीउ लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय किसान मिथिलेश यादवलाई पक्राउ गरेको थियो । जिल्ला अदालत सिरहाले पक्राउ परेका यादवलाई आज तारेखमा छाड्न आदेश दिएको जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पिएसजीलाई १-० गोलले हराउँदै डर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा
२०८१ वैशाख २६, बुधबार
सगरमाथा आरोहण गर्न ४ सय १४ जनाले लिए अनुमति
२०८१ वैशाख २६, बुधबार
काठमाण्डौं विश्वविद्यालयले अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने
२०८१ वैशाख २६, बुधबार
टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचारी ठहर
२०८१ वैशाख २६, बुधबार
आज विश्व रेडक्रस दिवस विविध कार्यक्रम गरेर मनाइँदै
२०८१ वैशाख २६, बुधबार
संसद‍्मा बोल्न अनुमति माग्दै सभामुखलाई पठाए गृहमन्त्रीले पत्र
२०८१ वैशाख २६, बुधबार
रास्वपाले सहकारी प्रकरणमा संसदीय छानबिन समिति अस्वीकार गर्ने
२०८१ वैशाख २६, बुधबार