वैशाख २५, २०८१ मंगलबार May 7, 2024

काठमाण्डाैं उपत्यकासहित देशैभर वर्षा, चिसाे झन बढ्याे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः काठमाण्डाैं उपत्यकासहित मुलुकका अधिकांश स्थानमा बुधबार बिहान वर्षा भएकाे छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली देशैभर सक्रिय हुँदा वर्षा र हिमपात भएकाे हाे ।

दिउँसो पनि माैसम प्रतिकूल हुने आँकलन गरिएकाे छ । बिहानै वर्षा र हिमपात भएपछि चिसाे झनै बढेकाे छ । दिउँसाे धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातकाे आँकलन गरिएकाे छ ।

बिहीबार भने माैसममा केही सुधार आउने अपेक्षा गरिएकाे छ । यद्यपि थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

शुक्रबार मुलुकका एक वा दुई स्थानमा हल्का वर्षाकाे आँकलन गरिएकाे छ । गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया