काठमाडौंः सरकारले तमु ल्होसार पर्वको अवसरमा भोली बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
बुधबार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले साे निर्णय गरेको हो ।
गृहमन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार ल्होसारका अवसरमा देशभरका सबै सरकारी कार्यालय,सार्वजनिक निकाय र विदेशस्थित कुटनीतिक नियोगहरुमा समेत सार्वजनिक विदा दिने मन्त्रिपरिषदले निर्णय गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया