काठमाण्डौः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाबीच छलफल भएको छ ।
सभापति देउवाको बुढानिलकण्ठ स्थित निजी निवासमा भएको भेटवार्तामा पार्टीको आन्तरिक विवाद तत्काल समाधानका लागि मिलेर जाने सहमति भएको नेता रमेश लेखकले जानकारी दिए ।
गत पुष ११ गते पार्टी सभापति देउवा पक्षीय केन्द्रिय सदस्यहरुको बहुमतले १४ औँ महाधिवेशनको मिति तय, नेपाल तरुण दलको अवधि ६ महिना थप र विभागहरुको संख्या २८ बाट बढाएर ४१ बनाउने निर्णय गरेको थियो । यो निर्णयप्रति पौडेल-सिटौला पक्षले असन्तुष्टि जनाएका छन् ।
केन्द्रिय समितिले निर्णय गर्दा पौडेल-सिटौला पक्ष उपस्थित थिएनन् । आफूहरुले प्रस्ताव गरेभन्दा विपरित देउवा पक्षले पेलेर जान खोजेको उनीहरुको आरोप छ ।
आईतबार भएको भेटमा शिर्ष नेताबिच मिलेर जाने विषयमा कुराकानी भएपनि ठोस सहमति भने भएको छैन । चार दिनका बरिष्ट नेता पौडेल सोमबार भारत जाँदैछन् । पौडेल भारतबाट फर्किएपछि पुनः छलफल गरेर सहमति खोजिने नेता लेखकले जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया