बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

देउवा, पाैडेल र सिटाैलाबिच पार्टीको आन्तरिक विवाद समाधानका लागि मिलेर जाने सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाबीच छलफल भएको छ ।

सभापति देउवाको बुढानिलकण्ठ स्थित निजी निवासमा भएको भेटवार्तामा पार्टीको आन्तरिक विवाद तत्काल समाधानका लागि मिलेर जाने सहमति भएको नेता रमेश लेखकले जानकारी दिए ।

गत पुष ११ गते पार्टी सभापति देउवा पक्षीय केन्द्रिय सदस्यहरुको बहुमतले १४ औँ महाधिवेशनको मिति तय, नेपाल तरुण दलको अवधि ६ महिना थप र विभागहरुको संख्या २८ बाट बढाएर ४१ बनाउने निर्णय गरेको थियो । यो निर्णयप्रति पौडेल-सिटौला पक्षले असन्तुष्टि जनाएका छन् ।

केन्द्रिय समितिले निर्णय गर्दा पौडेल-सिटौला पक्ष उपस्थित थिएनन् । आफूहरुले प्रस्ताव गरेभन्दा विपरित देउवा पक्षले पेलेर जान खोजेको उनीहरुको आरोप छ ।

आईतबार भएको भेटमा शिर्ष नेताबिच मिलेर जाने विषयमा कुराकानी भएपनि ठोस सहमति भने भएको छैन । चार दिनका बरिष्ट नेता पौडेल सोमबार भारत जाँदैछन् । पौडेल भारतबाट फर्किएपछि पुनः छलफल गरेर सहमति खोजिने नेता लेखकले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
‘उभौली पर्वले हामी सबैलाई संविधानको रक्षा र संरक्षण गर्न प्रेरणा मिलोस्’ : अध्यक्ष नारायण दाहाल
२०८३ बैसाख १८, शुक्रबार