जेठ ६, २०८१ आइतबार May 19, 2024

निर्वाचन गर्न एनआरएनएलाई परराष्ट्र मन्त्री खड्काको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः परराष्ट्र मन्त्री नारायण खड्काले गैरआवासीय नेपाली संघको निर्वाचन गर्न निर्देशन दिएका छन् । संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा शुक्रबार गएको एक प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खड्काले संघको १०औं महाधिवेशन तथा निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् ।

मन्त्री खड्काले मन्त्रालयको तर्फबाट कुनै हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गर्दै सबै पक्षलाई समेटेर लैजान सुझाव दिएका थिए । भेटमा गैरआवासीय नेपाली संघका पन्तले निर्वाचनको विषयलाई लिएर संघ मन्त्रालयविरुद्ध पाटन उच्च अदालतमा जाने बाध्यात्मक कदम भएको बताएका थिए ।

पन्तले अगामी दिनमा मन्त्रालयसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै संघको नयाँ नेतृत्वको लागि निर्वाचनको लागि सहयोग गर्न आग्रह गरे । प्रतिनिधिमण्डलमा गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ, नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, गैरआवासीय नेपाली संघ बेल्जियमका पूर्वसभापति गंगाधर गौतम लगायतको उपस्थिति थियो ।

गैरआवासीय नेपाली संघ र मन्त्रालयबीचको पत्रयुद्धपछि संघका पदाधिकारीहरूले पहिलो पटक मन्त्री खड्कालाई भेटेका हुन् । पछिल्लो भेटघाटले संघ र मन्त्रालयबीचको सम्बन्धमा सुधार हुने अपेक्षा गरिएको छ । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया