जेठ ६, २०८१ आइतबार May 19, 2024

अछामका स्थानीय तहमा भूमिहीनको तथ्यांक संकलन सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अछामको बान्नीगढी जयगढ गाउँपालिकामा पालिकाभित्रका भूमिहीन र अब्यवस्थित बसोवासीहरूको तथ्यांक संकलन गर्न सहजकर्ता परिचान गरिएको छ ।

गाउँपालिकाभित्रमा रहेका भूमिहीन र अव्यवस्थित बसोवासीहरूको तथ्यांक संकलन गर्न सहजकर्ता परिचालन गरेको बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले बताए ।

तथ्यांक संकलनको काम सकिएपछि पालिकाभित्रका भूमिहीन र अव्यवस्थित बसोबासीहरूलाई जग्गा धनी प्रमाण पत्र दिने अध्यक्ष खड्काले बताए । लामो समयदेखि अरुको जग्गामा घर बनाई बसोबास गरिरहेका तर जग्गाधर्नी पूर्जा नभएकालाई जग्गाधनी प्रमाणपत्र दिने उद्देश्यले एफएमडीसीको सहयोगमा अभियान थालिएको खड्काले बताए ।

आफ्नै कार्यकालमा विकास बजेट कटौती गरेर भए पनि भूमिहीनहरुलाई जग्गाधनी प्रमाणपत्र दिने उद्देश्यले काम गरिएको उनले बताए । पालिकाभित्रका भूमिहीन र अब्यवस्थित बसोवासीहरूको तथ्यांक संकलन गर्न १८ पुसदेखि पालिकाका ६ वडामा १२ जना सहजकर्ता परिचालन छ । न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया